न्यूरो सर्जन डाक्टर रोकालाई एनएमएको सम्मान र विदाई

 न्यूज विराट
न्यूरो सर्जन डाक्टर रोकालाई एनएमएको सम्मान र विदाई

विराटनगर । चर्चित वरिष्ठ न्यूरो सर्जन डाक्टर याम बहादुर रोककालाई सम्मान र विदाई कार्यक्रम गरेको छ । नेपाल चिकित्सक संघ (एनएमए) कोशी प्रदेशले रोकालाई बिहीबार विहान सम्मान र विदाइ कार्यक्रम गरेको हो ।
विराटनगरमा बसेर पूर्व क्षेत्रमै न्युरो सर्जरी सेवा विस्तारका लागि महत्वपूर्ण भूमिका खेलेका डाक्टर रोका विराटनगर छोडेर पोखरा जाने भएपछि एनएमएले सम्मान गरेको महासचिव डाक्टर बालकृष्ण साहले बताए । डाक्टर रोकालाई एनएमए कोशी प्रदेशका अध्यक्ष डाक्टर राजेन्द्र चौधरीसहित कार्यसमितिले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै डाक्टर यामबहादुर रोका स्वास्थ्य क्षेत्रमा बिर्सिन नसकिने नाम रहेको बताए ।
बागलुङमा जन्मिएका चर्चित न्युरो सर्जन ५२ वर्षीय रोका चिकित्सकीय सेवाका क्रममा २४ वर्षअघि पूर्व आए । केही वर्ष सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरे । विगत १५ वर्षदेखि विराटनगरको न्युरो अस्पतालमा कार्यरत थिए । डाक्टर उपेन्द्र देवकोटाको टिममा रहेर काठमाडौंको वीर अस्पतालमा पनि काम गरेको अनुभव उनीसँग छ ।
विराटनगर बसेर चिकित्सकीय क्षेत्रमा लामो समयसम्म प्रभावकारी हिसाबले योगदान दिएका डा. रोकाले अब भने आफ्नै गृहप्रदेश गण्डकी गएर सेवा दिने छन् । उनले अब पोखराको गण्डकी मेडिकल कलेजमा न्युरो सर्जरीको प्रोफेसरका रूपमा रहने छन् । उनी हाल नेपाल न्युरो सर्जरी समाजको अध्यक्ष हुन् । काठमाडौं बाहिर पहिलोपटक न्युरो सर्जरी सेवा विस्तार गर्न विशेष योगदान दिने चिकित्सकमा डा. रोकाको नाम आउँछ ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष डा नवीन कुमार कर्णले डाक्टर रोका संग वि. पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रहदा देखिको सम्बन्ध रहेको र कयौ स्वास्थ्य शिविरमा त्यति बेला संगै काम गरेको समेत सम्झाना रहेको बताए ।
कार्यक्रममा संघका अध्यक्ष डा. राजेन्द्र चौधरीले पुर्व क्षेत्रमा न्युरोसर्जरी सेवा विस्तारमा डा. रोकाको महत्वपूर्ण योगदान रहेको चर्चा गरे ।

सम्बन्धित समाचार

व्यवसायीको गुनासो सुन्न हेल्प डेस्क

कोरोना भाइरसका कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नका लागि पोखरा चेम्बर अफ कमर्श कास्कीले हेल्प डेस्कको शुरुवात गरेको छ । पोखरा चेम्बरले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०६१५२०११ मार्फत उद्योगी...

कोभिड अस्पताललाई युवा संघद्धारा वुथ हस्तान्तरण

विराटनगर, बैशाख २१–कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट युवक संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङले नमूना संकलन वुथ हस्तान्तरण गरेको छ । कोराना भाइरसका शंकास्पद व्यक्तिको नमुना संकलन लिनका लागि...

मंगलबार नेपालमा ३८० जना कोरोना संक्रमित थपिए, ११७ जनाले जिते

काठमाडौं, असार २-मंगलबार नेपालमा ३८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका विभिन्न स्थानमा रहेका प्रयोगशालमा गरिएको नमुना परीक्षणका क्रममा ३८० जनामा कोरोना भाइरस संक्रमण...

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबिच ‘हेन्डराइटिङ कम्पिडिसन’

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुबिच ‘हेन्डराइटिङ कम्पिडिसन’ गराएको छ । क्लबले सहयोग गर्दै आएको विराटनगर बेलगाछीस्थित शिव आधारभूत विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुबिच ‘हेन्डराइटिङ कम्पिडिसन’ गराएको हो ।  सेप्टेम्बर रोटरीको...

मोटरसाईकल चोरीमा संलग्न चार जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले मोटसाइकल चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगरबाट मोटसाइकलसहित चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको हो । चोरीमा संलग्न मोरङ धनपालथान गाउँपालिका ७ बस्ने बर्ष २१ को रविन...

चीनबाट ल्याइएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

नेपाल एयरलाइन्सको विमानले चीनको ग्वाङजाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । चीनबाट ल्याइएको सामग्री आज बिहान साढे पाँच बजे नेपाल आइपुगेको त्रिभुवन विमानस्थल कार्यालयका अपरेशन विभाग प्रमुख बिपु जुहार्चनले जानकारी दिए । यस्तै, चिनियाँ दूतावासले...

रुकुम पश्चिम घटनाः ३४ जनाविरुद्ध मुद्दा दर्ता, थुनछेक बहस भोलि

सुर्खेत, ३२ जेठ-रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको सामूहिक आक्रमणपछि हत्याको घटनामा प्रहरीले ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता गरेको छ । घटनाको आवश्यक छानबिनपछि प्रहरीले ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता...

बोल्न सिक्दै बालवालिका

विराटनगर । झापाको मेचीनगरपालिका धुलाबारीकी ममता ढुङनाको जन्मजात मुखभित्र तालु फाटेको कारणले बोली अष्पस्ट थियो । दुई वर्षको उमेरमा उनको मुखभित्र तालुको शल्यक्रिया विराटनगरस्थित हाम्रो अस्पतालमा भयो । त्यसपछि उनले नियमित ६ पटक बोलीको तालिम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्