आइपीएल अक्सनमा नेपालबाट सन्दीपसहित ८ खेलाडीको नाम पठाइयो - News Birat

आइपीएल अक्सनमा नेपालबाट सन्दीपसहित ८ खेलाडीको नाम पठाइयो

न्यूज विराट

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२१ को संस्करणको अक्सनमा नेपालबाट ८ खेलाडीको नाम सिफारिस गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी १८ फेब्रुअरीदेखि चेन्नइमा हुने आइपीएलको अक्सनमा नेपालबाट ८ खेलाडीले नाम सिफारिस गरेको हो ।

सिफारिस भएका खेलाडीमा सन्दीप लामिछाने‚ विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, सरोद भेषावकर, अभिनाश बोहरा र दिपेन्द्रसिंह ऐरी रहेका छन् । सन्दीपबाहेक अन्य खेलाडी पहिलो पटक अक्सनमा परेका हुन् । सन्दीपले दिल्ली क्यापिटल्सबाट दुई सिजन खेलिसकेका छन् । सन्दीप यस‌ सिजनबाट दिल्लीबाट फुकुवा भएका हुन् ।

यसअघि एजेन्टमार्फत नाम दर्ता गराउँदै आएका खेलाडीले यसपटक क्यानमार्फत नाम दर्ता गराएका हुन् । अक्सनमा नेपालसँगै नेदरल्यान्ड, स्कटल्यान्ड, युएई, अमेरिका एसोसियटका खेलाडी रहेका छन् । आइपीएल अक्सनमा ६१ खेलाडी बिक्ने छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles