सवारी चालक तथा सह– चालकको स्वास्थ्य परीक्षण, लापसे गर्ने ११ जना भेटिए
मङ्गलबार, २३ पुष, २०८१,
न्यूज विराट
विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका – ४ स्थित कोशी लोकमार्गमा सवारी चालक तथा सह–चालकहरुको स्वास्थ्य परिक्षण तथा लापसे जाँच गरीएको छ । सवारी दुर्घटना रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले उक्त कार्यक्रम मंगलबार आयोजना गरेको हो ।
कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजन अधिकारीको प्रमुख आथित्यता तथा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख प्रेम प्रसाद भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा ५० जना सडक प्रयोगकर्ता ९३ जना चालक तथा सह–चालकहरुको स्वास्थ्य परिक्षण गरिएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए । शिविरमा गरिएको परीक्षणमा ११ जना सवारीका चालकहरुले लागू पद्धार्थ सेवन (लापसे ) गरेको पाईएकोले प्रहरी निरीक्षक लम्सालले बताए । लागूऔषध खाएर सवारी चालाउने चालकलाई आवश्यक कारवाहीको लागी नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । सवारी दुर्घटना रोकथाम र नियन्त्रणको लागि यस्तो कार्यक्रम आयोजना गरिएको उनले बताए । ‘पछिल्लो समय लापसे गरेर पनि सवारी साधनहरु चलाएको पाइएको छ । तेही भएर हामीले यस्तो कार्यक्रम गरिएको हो । यो कार्यक्रमको मुख्य उद्देश्य भनेको सवारी दुर्घटना न्यूनिकरण र रोकथाम गर्नु हो,’ ट्राफिक प्रहरी निरीक्षक लम्सालले भने ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै कोशी प्रहरी कार्यालय विराटनगरका डिआइजी राजन अधिकारीले सवारी दुर्घटनाको रोकथाम र नियन्त्रणमा सबैको साथ सहयोगको खाचो रहेको बताए । ‘सवारी साधन हाम्रो दिनचर्यालाई सहज बनाउन अति आवश्यक रहेको छ । तर सवारी साधनबाट हुने दुर्घटना हाम्रो सामु ठुलो चुनौतीकोरुपमा रहेको छ,’ डिआइजी अधिकारीले भने, ‘ यस्ता विविध कारणबाट हुने सवारी दुर्घटनाहरु मध्ये सवै भन्दा बढी चालकको लापर्वाहीको कारणबाट भएको तथ्यांकले देखाउछ । ति मध्ये कतिपय दुर्घटनाहरु चालकहरुको स्वास्थ्य अवस्था कमजोर भएर पनि हुने गरेको कारण एउटा स्वस्थ्य चालकले मात्र सुरक्षित यात्रा सुनिश्चित गर्न सक्छ भन्ने उद्धेश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।’
कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सडक सुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनिकरणमा सबै सचेत भएर लागि परेमात्रै सम्भव हुने बताए । स्वास्थ्य शिविरमा विराट टिचिङ हस्पिटलका चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य जाँच गरेर चिकित्सकले सिफारिस गरेको औषधीहरु नेपाल औषधी व्यवसायी संघ मोरङले निःशुल्क वितरण गरेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र बुढिगंगा गाउँपालिका तथा बिराट टिचिङ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यावस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे, बिभिन्न सुरक्षा निकायका प्रमुखहरु स्थानिय जनप्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
विराटनगर, ११ पुस । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाज मोरङले जिल्लाका सवै १७ वटै स्थानीयतहमा संगठन सुदृढिकरण अभियान तीब्र बनाएको...
विराटनगर, असार २७–दक्षिण एशियाकै दोश्रो ठुूलो रथयात्रा मानिएको विराटनगरको श्रीराधाकृष्ण रथयात्रा यो वर्ष ननिकालिने भएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर आयोजक समितिले रथयात्राको ५३ औं संस्करण स्थगन गरेको हो । प्रत्येकबर्ष श्रीकृष्ण जन्माष्टमीको...
नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेशप्रसाद खरेलले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्। नेपाल सुशासन अभियानका रूपमा खरेल आफ्ना समर्थकसहित केही समययता सक्रिय छन्। भ्रष्टाचार, अन्याय, अत्यचार र बेथितिविरूद्ध आफ्नो पार्टी सक्रिय रहने खरेलले पत्रकार बताए।...
काठमाडौं, २२ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थपिएका संक्रमितमध्ये ६२५ महिला र ८८७ पुरुष...
बाँके, २९ चैत-बाँकेमा कोभिड–१९ को र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट परीक्षण सुरु भएको छ ।भारतलगायत अन्य देशबाट आएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिमा आरडिटी किटका माध्यमबाट शुक्रबारदेखि कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना...
काठमाडौं, ३१ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो अहिलेसम्मकै सर्वाधिक धेरै दैनिक कोरोन संक्रमण पुष्टि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-...
झापा, फागुन २९–कोरोना भाइरसको आशंकामा दुई युक्रेनी नागरीकलाई पूर्वी नाका काँकरभिट्टाको अध्यागमन कार्यालयले फिर्ता गरिदिएको छ । भारतका विभिन्न शहर भ्रमण गरी काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने युक्रेनी दम्पतीलाई अध्यागमन कार्यालयले नेपाल प्रवेशमा...
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सीमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाले गैँडाकोट–३ भोक्रेफाँटमा पर्ने कालीगण्डकी नदीमा रहु र नैनी प्रजातिका ३१...