कोरोना संक्रमणको आशंकामा काँकरभिट्टा नाकाबाट २ युक्रेनी नागरीक फिर्ता पठाइयो

 न्यूज विराट
कोरोना संक्रमणको आशंकामा काँकरभिट्टा नाकाबाट २ युक्रेनी नागरीक फिर्ता पठाइयो

झापा, फागुन २९–कोरोना भाइरसको आशंकामा दुई युक्रेनी नागरीकलाई पूर्वी नाका काँकरभिट्टाको अध्यागमन कार्यालयले फिर्ता गरिदिएको छ । भारतका विभिन्न शहर भ्रमण गरी काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने युक्रेनी दम्पतीलाई अध्यागमन कार्यालयले नेपाल प्रवेशमा रोक लगाएको हो ।

भारतको सिक्किम, दार्जिलीङ लगायतका शहर भ्रमण गरी नेपाल प्रवेश गर्न प्रक्रिया पूरा गर्ने क्रममा युक्रेनी नागरीक ४३ वर्षिया ओलेना क्लिन्चो र उनका श्रीमान ३४ वर्षिय एनड्रीन लार्जेगिनको स्वास्थ्य परिक्षणका क्रममा उच्च ज्वरो देखिएपछी फिर्ता गरिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए ।

काँकडभिट्टास्थित कोरोना हेल्थ डेक्समा स्वास्थ्य परिक्षणका क्रममा उनिहरु दुवैलाई उच्च ज्वरो देखिएपछि आइसोलेसन वार्ड नभएकाले उनीहरुलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागिएको थियो । तर, उनीहरुले आइसोलेसनमा बस्न नमानेपछि सहमतिमा नै भारत फर्काइएको प्रमुख जिल्ला अधिकारी रानामगरले बताए ।

सम्बन्धित समाचार

उदयपुरमा जिप दुर्घटना : ७ जनाको मृत्यु, ७ घाइते

विराटनगर । उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जाँदै गरेको को १ ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनीनजिकै दुर्घटना भएको हो । दुर्घटना परी सात...

‘तोहर चर्चा ट्रेन्डिग मे गीत.. ’ को छाँयाकन सकियो, लक्ष्मि पुजाको दिन रिलिज

विराटनगर । विराटनगरका संञ्चारकर्मी नविन कर्णले रचना गरेको मैथीलि भाषाको तोहर चर्चा ट्रेन्डिग मे गीत.. को म्यूजिक भिडियोको छाँयाकन सकिएको छ । डान्सिङ गीतको म्यूजिक भिडियो बिहीबार छाँयाकन सकिएको हो । मैथिली अनलाइनको प्रस्तुतिमा निमार्ण...

इँटाभट्टामा जिउँदै जलाउने घटनाका अभियुक्त पूर्वमन्त्री आलमलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

बम तथा विस्फोटक पदार्थ प्रयोग गरेर मानिस मारेको आरोप लागेर पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मोहम्मद अफताव आलमलाई थुनामुक्त गराउन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सुष्मालता माथेमा र नहकुल...

भारतको विरोधमा उत्रिएका २५ जना बढी सामाजिक अभियन्ता पक्राउ

काठमाडाैं, २९ वैशाख-प्रहरीले २५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । भारतको उत्तराखण्ड पिथौरागढ जिल्लाको गर्वाधारहुँदै चीनको मानसरोवर जाने सडकको विरोधमा उत्रिएका सामाजिक अभियन्ता द्वारिकलाल ढुंगेलसहित २५ जना पक्राउ परेका हुन् । भारतले नेपालको कालापानी भूमि...

इटहरीमा कर्मघरबाट गरियो बुहारीको कन्यादान

विराटनगर । सुनसरीको इटहरी नगरपालिका वडा नं २ का पुण्य पौडेल र उनकी आमा जानुका पौडेलले बुहारीको विवाह गरिदिएका छन् । बुहारी ३४ वर्षीया सूजा पौडेलको कर्मघरबाट वैदिक परम्पराअनुसार विहीबार कन्यादान गरी विवाह भएको हो...

मोरङको मुनालझोडामा मृत भेटिए हात्ती, गोली हानेको आशंका

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका १० मुनालझोडामा एउटा हात्ती मृत भेटिएका छन् । आज विहान हात्ती मृत अवस्थामा भेटिएको हो । मृत भेटिएको भाले हात्ती रहेको सव डिभिजन वन कार्यालय, सलकपुरका सहायक वन अधिकृत लाल...

धनकुटा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर, १८ जेठ ।धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज बिहान राती २ बजे धनकुटा नगरपालिका-६ मा धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे ६ प...

प्रदेशलाई चाँडै कोरोनामुक्त बनाइन्छ : मन्त्री घिमिरे

विराटनगर, जेठ ३१–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशलाई चाँडै कोरोनामुक्त बनाईने बताएका छन् । प्रदेश सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी रुपमा काम गरिरहेकाले बढीमा ४ महिना भित्रमा कोरोना मुक्त बनाईने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्