एसबीएससीको शेयर पूँजी २६ लाख ९९ हजार

 न्यूज विराट
एसबीएससीको शेयर पूँजी २६ लाख ९९ हजार

विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङ (एसबीएससी) को शेयर पूँजी झण्डै २७ लाख रुपैयाँ पुगेको छ ।
सहकारीको विराटनगरमा बुधबार भएको १४ औं वार्षिक साधरणसभामा आर्थिक वर्षमा २०८०÷०८१ म २६ लाख ९९ हजार रुपैयाँ शेयर पूँजी पुगेको अध्यक्ष नगेन्द्र प्रसाद ढकालले जानकारी गराएका हुन् ।
अध्यक्ष ढकालका अनुसार सहकारीको बचत निक्षेप १ करोड ६७ लाख ५३ हजार ८४२ रुपैयाँ, कोष हिसाब ११ लाख ८८ हजार २१ रुपैयाँ पुगेको छ । त्यसैगरी सहकारीले धितो जमानी कर्जामा ८ लाख ८१ हजार १५५ रुपैयाँ, बचत तथा शेयर अनुपातको कर्जा २ करोड ४९ लाख ६८ हजार ८३ रुपैयाँ गरि जम्मा आर्थिक वर्ष २०८०÷०८१ मा २ करोड ५७ लाख ८८ हजार ३८ रुपैयाँ ऋण लगानी गरेको छ ।
सहकारीले ऋण असुली १ करोड १२ लाख २९ हजार रुपैयाँ गरेको छ । निजी विद्यालयहरु आवद्ध रहेको सहकारीले प्रत्येक वर्ष एसबीएससी सिंगीन स्टार र एसबीएससी चित्रकला प्रतियोगिता गर्दै आएको छ ।
साधरणसभाका प्याब्सनको केन्द्रीय प्रागिक समितिका सल्लाहकार . उद्धव पोखरेल, प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाल, विराटनगर अध्यक्ष अर्जुन श्रेष्ठ, एसबीएसी मोरङका पूर्व अध्यक्षहरु इन्द्र राई, विष्णु डंगोल, मोहन बुढाथोकीलगायतको उपस्थिती रहेको थियो ।
२०६७ सालमा स्थापना भएको सहकारी एकता, सहकार्य र समझदारी, निजी स्कुलहरुको साझा चौतारी भन्ने मुल नाराका साथका साथ स्थापना भएको सहकारी हो ।

सम्बन्धित समाचार

प्रदेश सरकारले स्थापना गरेको ‘जन सुरक्षा कोष’ मा सहकारीको साढे ५ लाख योगदान

विराटनगर, चैत २६–विश्भर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा मोरङका विभिन्न सहकारी संघ÷संस्थाको तर्फबाट साढे ५ लाख रुपैयाँ योगदान गरिएको छ ।...

बालश्रममा प्रयोग गरिएका ५ बालकको उद्धार

विराटनगर, माघ १७–विराटनगरबाट नियमविपरीत बालश्रममा प्रयोग गरिएका ५ जना बालकलाई शुक्रबार उद्धार गरिएको छ । विराटनगर महानगरपालिकाको नेतृत्वमा निस्किएको सरोकारवालाको टोलीले नगरक्षेत्रका विभिन्न होटलहरूबाट ती बालकलाई उद्धार गरेको हो । सो क्रममा नगरक्षेत्रको वडा नम्बर...

आत्मरक्षाको लागि ‘सेल्फ डिफेन्स’ तालिम सुरू, एक सय बढी किशोरीको सहभागि

विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बुधबारदेखि उक्त तालिम सुरु भएको हो...

३६ घण्टा व्रत बसेर सकियो जितिया पर्व 

धनुषा, २६ भदौ-मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ । सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् । सप्तमी, अष्टमी र...

विराटनगर महानगरका मेयर कोइराला र विश्व बैंकको टोलीबीच भेट

विराटनगर । विश्व बैंकको टोलीले विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालासँग भेट गरेको छ । भेटका अवसरमा विराटनगरको विकास निर्माणको विषयमा विश्व बैंकको टोलीले चासो राखेको बताइएको छ । विश्वबैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे बु्रक्स...

कोभिड–१९ विरुद्ध जुध्न जर्मनीले २० हजार थान पीसीआर सहयोग गर्ने

काठमाडौं, २० वैशाख-जर्मनीले कोभिड–१९ विरुद्ध जुध्न नेपाल सरकारलाई २० हजार थान पिसीआर उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने नेपाल सरकारको प्रयासमा सघाउन जर्मनीले पहिलो चरणमा ३ हजार थान पिसीआर नेपाल ल्याइएको...

‘खोप नबनेसम्म संसार पहिलेको शैलीमा फर्कन सक्दैन’

एजेन्सी, चैत ३०-अमेरिकी अर्बपति व्यापारी बील गेट्सले कोरोना भाइरस विरुद्धको खोप विकास नभएसम्म संसार पुरानै शैलीमा फर्किन नसक्ने बताएका छन्।उनले डेढ वर्षमा कोरोना भाइरस विरुद्धको खोप बनाउन सम्भव भएपनि त्यसका निम्ति सुरक्षा परीक्षणमा सम्झौता गर्नुपर्ने...

विराटनगरको कवाडीे गोदाममा आगलागी : पाँच जना घाइते, तीन जनाको अवस्था गम्भिर (फोटो फिचर)

विराटनगर । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागीमा परी पाँच जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्