बालश्रममा प्रयोग गरिएका ५ बालकको उद्धार

 न्यूज विराट
बालश्रममा प्रयोग गरिएका ५ बालकको उद्धार

विराटनगर, माघ १७–विराटनगरबाट नियमविपरीत बालश्रममा प्रयोग गरिएका ५ जना बालकलाई शुक्रबार उद्धार गरिएको छ । विराटनगर महानगरपालिकाको नेतृत्वमा निस्किएको सरोकारवालाको टोलीले नगरक्षेत्रका विभिन्न होटलहरूबाट ती बालकलाई उद्धार गरेको हो । सो क्रममा नगरक्षेत्रको वडा नम्बर ७ बाट ४ जना र वडानम्बर ३ बाट १ जनालाई उद्धार गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका नगर शिक्षा अधिकारी दुर्गा खतिवडा, महिला तथा बालबालिका शाखा प्रमुख डिल्ली धिमाल, सिबिन बाल हेल्पलाइनका वासु अधिकारी, जिल्ला प्रहरी कार्यालय र नगर रक्षकहरूको संयुक्त टोलीले नगरक्षेत्रका विभिन्न होटलहरूमा काम गर्दागर्दैको अवस्थामा बाल श्रमिकहरूलाई उद्धार गरेको हो ।

उद्धार गरिएका बाल श्रमिकहरूलाई तत्कालका लागि सिबिनको संरक्षणमा राखिएको महानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख धिमालले बताए । उनले बालश्रम प्रयोग नगर्न निरन्तर माइकिङ गर्ने र होटल तथा सार्वजनिक स्थानमा स्टिकर टाँसेर अनुरोध गरिए पनि अटेर गरिएका कारण सरोकारवालाको टोलीले छड्के गर्न थालेको जानकारी दिए । बालश्रम प्रयोग गर्नेहरूलाई सचेत गराउनुका साथै नियमानुसारको कारबाही हुने महानगरपालिकाले जनाएको छ । उद्धार गरिएका सबै बालकको उमेर १५ वर्ष मुनि रहेको छ ।

सम्बन्धित समाचार

देशभर एकै दिन थपिए १ हजार ५३९ संक्रमित

काठमाडौं, ३१ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो अहिलेसम्मकै सर्वाधिक धेरै दैनिक कोरोन संक्रमण पुष्टि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-...

पाण्डेमाथि भएको दुर्व्यवहारको छानबिन गर्न नेकपा चितवनको माग

चितवन, ७ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद व्यक्त गरेको छ । पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा...

विराटनगरमा आज एकैदिन ६० जनामा कोरोना पुष्टि

विराटनगर, साउन २९–विराटनगर महानगरपालिकामा गएको २४ घण्टामा ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ पुरूष र २२ महिला रहेका छन् । बिहीबार महानगरमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका हुन् । विराटनगर महानगरपालिकाका अनुसार संक्रमितमध्ये...

संघीयता मबजुत बनाउन जनताको साथ अपरिहार्य छ : मन्त्री मोदी

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीयतालाई मजबुत बनाउन जनताको साथ अपरिहार्य रहेको बताएका छन् । मोरङको कटहरी-७ र धनपाल-५ जोड्ने लोहन्द्रा खोला झोलुङ्गे पुलको उद्घाटन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्...

सहकारीको नाममा मिटरब्याजको धन्दा !

विराटनगर । विराटनगरमा सहकारीको नाममा लगानी गरेर मिटरब्याज धन्दा चलाउने गरेको पाइएको छ । अचल सम्पत्ति सहकारीको नाममा धितो राखेर व्यक्तिगतरुपमा करोडौं लगानी गर्ने र मिटरब्याज असुलीको धन्दा चलाउने काममा सक्रिय रहेको गुनासो मंगलबार सार्वजनिक भएको...

नेपालमा कोरोनाबाट थप १ जनाको जनाको मृत्यु

अर्घाखाँची, २९ जेठ-अर्घाखाँची, २९ जेठ-अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजिटिभ आएको...

प्रदीप नेपाल माधव नेपालकै एकीकृत समाजवादीमा खुले

काठमाडौं, ९ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप नेपाल अन्ततः माधव कुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीको पक्षमा खुलेका छन् । आफू एमालेमै रहेको बताएका प्रदीप अन्ततः माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा...

एनपीसी बैठक सुरु, चीनले आर्थिक वृद्धिको लक्ष्य नतोक्ने

एजेन्सी, जेठ ९-चीनले यो वर्ष आर्थिक वृद्धिदरको लक्ष्य नतोक्ने भएको छ । शुक्रबारबाट सुरु भएको वार्षिक संसदीय बैठक नेशनल पिपुल्स कंग्रेसमा करिब ३ हजार प्रतिनिधि सामेल रहेका छन् । एनपीसीको बैठकले बजेट स्वीकृत गर्छ भने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्