कटहरी ४ को स्वास्थ्य केन्द्र आफ्नै भवनबाट सेवा

 न्यूज विराट
कटहरी ४ को स्वास्थ्य केन्द्र आफ्नै भवनबाट सेवा

विराटनगर । मोरङको कटहरी गाउँपालिका – ४ मा रहेको आधरभूत स्वास्थ्य केन्द्र आफ्नै भवनबाट सेवा सुचारु गरेको छ ।
पाँच कोठाको पक्की भवनबाट आधरभूत स्वास्थ्य केन्द्र आफ्नै भवनबाट बुधबारदेखि सेवा सुचारु गरेको हो ।

उक्त भवनको उद्घाटन कटहरी गाउँपालिकाको अध्यक्ष देवराज चौधरीले गरे । कार्यक्रममा बोल्दै चौधरीले सुविधा सम्पन्न भवनबाट कटहरीबासीले स्वास्थ्य उपचार पाउने बताए । गाउँपाकिलाले स्वास्थ्यलाई प्रथामिकतमा राखेर काम गर्दै आएको छ । चाँडै कटहरी ६ मा रहेको सर्पदशं उपचार सेवा पनि सुचारु गर्ने बताए । मंसिर महिना भित्रमा सर्पदशं उपचार सेवा सुचारु गरेर विरामीलाई सेवा दिने उनले बताए । त्यसैगरी फिजियो थेरापी सेवा पनि कटहरीमा सुचारु भएको अध्यक्ष चौधरीले बताए ।
आधरभूत स्वास्थ्य उपचार केन्द्र दुई कठ्ठा क्षेत्रफलमा बनेको उक्त भवन ७० लाख ५४ हजारमा निमार्ण भएको हो । झापाको कनकाई ३ मा रहेको अस्रफुल कन्स्ट्रक्सन उद्योगले स्वास्थ्य केन्द्रको भवन निमार्ण गरेको छ ।
अब कटहरी गाउँपालिकामा १, ३ र ६ नम्बर वडामा रहेको स्वास्थ्य उपचार केन्द्रको मात्रै भवन निमार्ण हुन बाँकी रहेको छ । अन्य सबै वडाभित्र रहेको स्वास्थ्य उपचार केन्द्र आफ्नै भवनबाट सेवा सुचारु गरेको छ ।

सम्बन्धित समाचार

सुदूरपश्चिमका सात जिल्ला सञ्चारविहीन

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ । नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ,...

मोरङको विराटचोकमा चिकित्सकमाथि हातपात, एक जना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचा नगर अस्पतलामा ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गरेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालका मेडिकल अधिकृत सन्दीप पोखरेलमाथि हातपात गरेको आरोपमा मोरङ बूढीगंगा गाउँपालिका–७ का ३८ वर्षीय शुक्रराज माझी...

लकडाउनकैबीच पूर्वगुप्तचर कधिमी बने इराकका नयाँ प्रधानमन्त्री

एजेन्सी, बैशाख २७-आर्थिक संकट र कोरोना भाइरसको संक्रमणसँग जुझिरहेको इराकको संसदले एक महिनासम्म चलेको तानातानपछि नयाँ सरकारलाई आफ्नो समर्थन दिएको छ । गत बुधबार भएको मतदानपछि पूर्व गुप्तचर अधिकारी मुस्तफा अल कधिमीले नयाँ प्रधानमन्त्री पदको...

औषधी व्यवसायी संघको स्थपाना दिवसमा रक्तदान कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसिडिए) मोरङ शाखाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संघको ५१ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा बिहीबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ३४...

प्रदेशको अधिकारमा संघको हस्तक्षेप भयो : मुख्यमन्त्री राई

प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशका एकल अधिकार कार्यान्वयन गर्न संघीय सरकारको अनुमति लिनुपर्दा काम गर्न कठिनाइ भइरहेको बताएका छन् । उनले प्रदेश प्रहरी लगायतका एकल अधिकार प्रदेशको भए पनि कतिपय एकल अधिकार केन्द्र सरकार...

कोरोना संक्रमणको आशंकामा काँकरभिट्टा नाकाबाट २ युक्रेनी नागरीक फिर्ता पठाइयो

झापा, फागुन २९–कोरोना भाइरसको आशंकामा दुई युक्रेनी नागरीकलाई पूर्वी नाका काँकरभिट्टाको अध्यागमन कार्यालयले फिर्ता गरिदिएको छ । भारतका विभिन्न शहर भ्रमण गरी काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने युक्रेनी दम्पतीलाई अध्यागमन कार्यालयले नेपाल प्रवेशमा...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क स्वास्थ्य शिविर, ५७० जना लाभान्वित

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर पोखरीयास्थित डन बस्को स्कुलमा विराट नर्सिङ होम प्रा.लि. र विराट इन्टरनेशनश डाइग्नोष्टिक ल्याब प्रा.लिको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको...

वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको शपथ

काठमाडौं, १ असोज-राष्ट्रियसभामा मनोनीत सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले शपथग्रहण गरेका छन् । उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले शपथग्रहण गराएका हुन् । गौतमलाई राष्ट्रियसभा सदस्य राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मनोनीत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्