
गौतमलाई राष्ट्रियसभा सदस्य राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मनोनीत गरेकी थिइन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनीत गर्ने तीनमध्ये एक सिट रिक्त थियो ।