सुदूरपश्चिमका सात जिल्ला सञ्चारविहीन

 न्यूज विराट
सुदूरपश्चिमका सात जिल्ला सञ्चारविहीन

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ ।

नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारविहीन भएको छ । मङ्गलबार दिउँसोदेखि अवरुद्ध बनेको टेलिकमको सेवा अझै सञ्चालन हुन सकेको छैन ।

मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । उनले भने, ‘इन्टरनेट नहुँदा सेवा दिन सकिएको छैन, राष्ट्रिय परिचय पत्र विवरण सङ्कलन, नागरिकता विवरणलगायत काम प्रभावित भएको छ ।’

सञ्चारसेवा अवरुद्ध भएपछि यहाँका अन्य सरकारी तथा गैरसरकारी सङ्घसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको छ ।

अवरुद्ध सञ्चार सेवा सञ्चालनका लागि धनगढीबाट प्राविधिकको टोली खटिएको टमटाले जानकारी दिए । उनले भने, ‘अप्टिकल फाइबारमा देखिएको समस्या समाधानका लागि प्राविधिक टोली खटिएको छ । छिट्टै समस्या समाधान हुन्छ ।’

सम्बन्धित समाचार

विराटनगरको ‘स्काइ लन्च’ मा शनिबार पुल पार्टी हुँदै, चर्चित डिजेले उफार्ने, गायकले नचाउने

विराटनगर । विराटनगरमा लामो समयपछि पुल पार्टी हुने भएको छ । चर्चित डिजे कडीको साथमा विराटनगरको हाटखोलास्थित आरके सिटी सेन्टरको सातौँ तलामा रहेको ‘स्काइ लन्च’ रेस्टुरेन्टमा पुल पार्टी शनिवार दिउँसो २ बजेबाट सुरु हुने भएको...

कुवेतबाट आज ३ सय नेपाली स्वदेश फर्कंदै

काठमाडौं, २९ जेठ-आज कुवेतमा अलपत्र परेका नेपाली स्वदेश फर्कंने भएका छन् । त्यहाँबाट २ वटा उडानमार्फत् ३ सय नेपाली नागरिक स्वदेश फर्कंन लागेका हुन् । बुधबार नै उनीहरू आउने भनिए पनि कुवेतको र नेपालको समयतालिका...

स्ववियु निर्वाचन स्थगित गरेकोमा नेविसंघको विरोध

काठमाडौं, फागुन ७–त्रिभुवन विश्वविद्यालयले यस वर्ष हुने भनेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थागित गरेकोमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आपत्ति जनाएको छ । नेविसंघका महामन्त्री बलदेव तिम्सिनाले त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनको सहमतिविना नै विशेष कारण...

५२२५ नमुना परीक्षण गर्दा ४२६ जनामा कोरोना पुष्टि

काठमाडौं, १७ पुस-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा १५३ महिला र २७३ पुरुषमा...

इराकमा ३०० जनाकाे ज्यान जाने गरी भएकाे घातक विस्फाेटका मास्टरमाइन्ड पक्राउ

इराकको राजधानी बगदादमा सन २०१६ मा भएको आत्मघाती विस्फोटका मास्टरमाइन्ड पक्राउ परेका छन् । यो विस्फोटमा ३०० जनाको मृत्यु भएको थियो । इराकका प्रधानमन्त्री मुस्तफा अल–कदीमीले इस्लामिक स्टेटका चरमपन्थी गजवान अल–जावबेलाई देश बाहिर एक खुफिया अपरेशनमा...

विराटनगर महानगरले कोभिड नियन्त्रणका लागि सम्पूर्ण तयारी: पराजुली

विराटनगर, ७ माघ । विराटनगर महानगरपालिकाले कोभिड सङ्क्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि सम्पूर्ण तयारी गरेको जनाएको छ । महानगर प्रमुख भीम पराजुलीले सञ्चारकर्मीसँग आज ओमिक्रोन तथा कोभिड नियन्त्रण र व्यवस्थापनका लागि अक्सिजन तथा आइसोलेसन...

माइतीघरमा रुकुम घटना र एमसीसीविरुद्ध विरोध प्रदर्शन

काठमाडौं, जेठ २६-नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पश्चिम रूकुमको चौरजहारी घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाई भएको भन्दै विरोध प्रदर्शन गरेको छ । सांसदको दबाबका कारण सभामुखले संसदीय समिति गठन गर्ने बताए...

सामूहिक बलात्कार प्रकरण : करातेका प्रशिक्षक राउत र सुवेदीको कसुर ठहर

विराटनगर । सामुहिक बलात्कार कसुरमा पुर्पक्षको लागि कारागारमा रहेका कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदीको अपराध ठहर भएको छ । मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले राउत र सुवेदीले गरेको कसुर ठहर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्