मोरङको विराटचोकमा चिकित्सकमाथि हातपात, एक जना पक्राउ

 न्यूज विराट
मोरङको विराटचोकमा चिकित्सकमाथि हातपात, एक जना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचा नगर अस्पतलामा ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गरेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अस्पतालका मेडिकल अधिकृत सन्दीप पोखरेलमाथि हातपात गरेको आरोपमा मोरङ बूढीगंगा गाउँपालिका–७ का ३८ वर्षीय शुक्रराज माझी पक्राउ गरेका हुन् । पक्राउ परेका माझीले बिहीबार चिकित्सकमाथि हातपात गरेको आरोप छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. विपिन यादवका अनुसार डा. पोखरेलमाथि बिहीबार शुक्रराज माझीले हातपात गरेका थिए । बुबालाई उपचार गराउन आएका उपचार नगरीदिएको भन्दै डाक्टरमाथि हातपात गरेका थिए । ज्वरो आएपछि उनका बुबा तारिणीप्रसाद माझीलाई उपचारका लागि अस्पताल पुर्याएका थिए ।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेर सार्वजनिक बिदा दिएका कारण अस्पतालको ओपीडी (बहिरंग सेवा) बन्द थियो । तारिणीलाई दिउँसो १२ः३० बजेतिर इमर्जेन्सी (आकस्मिक कक्ष)मा नै भर्ना गरेर उपचार सुरु गरियो । आकस्मिक कक्षमा खटिएका डा. पोखरेलले चेकजाँच गरेर तारिणीलाई ज्वरो नभएको र अवस्था सामान्य रहेको जानकारी छोरा शुक्रराजलाई गराएका थिए । त्यसलगत्तै गालीगलौजमा उत्रिएर शुक्रराजले चिकित्सकलाई दुव्र्यवहार र हातपात गरेको मेसु यादवले बताए । हातपात गर्ने माझीलाई इलाका प्रहरी कार्यालय बेलबारीले अभर्द व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपी रन्जन दाहालले जानकारी दिए ।

सम्बन्धित समाचार

विराटनगर र रतुवामाईबासीलाई उपचारमा लाग्ने रगत निशुल्क

विराटनगर, २२ कात्तिक । मोरङको दुई पालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत निशुल्क उपलब्ध गराउने पहल गरेका छन् । रतुवामाई र विराटनगर महानगरपालिकाले आफ्नो पालिकाका नागरिकलाई निशुल्क उपलब्ध गराउन पहल गरेका हुन् । ती पालिकाले...

विराटनगरमा लकडाउनका कडाई गर्न एक्सनमा उत्रियो प्रहरी

विराटनगर, चैत २८-लकडाउनमा मानविय गतिविधि बढ्दै गएपछि स्थानीय प्रशासनले कडाई गर्ने भएको छ । विराटनगरमा आज ५ बजेबाट लकडाउन कडा बनाइएको छ । विराटनगर महानगर भित्र ५ बजेपछि मानिसहरूको ठुलो चहलपहल हुने भएको हुँदा यसलाई...

प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ

विराटनगर, २८ माघ ।सुनसरीको धरान उपमहानगर पालिका-१६ स्थितबाट प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१६ का २४ बर्षीय प्रबिण भुजेल रहेका छन । हिजो बेलुकी साढे...

यी भाग्यमानी नेपाली जसले पहिलो पटक कोरोनाविरुद्धको खोप लगाए

मस्को, ४ असोज–रुसमा बसोबास गर्दै आएका एक नेपालीले पहिलोपटक कोरोना भाइरस(कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीका अनुसार मस्कोमा कार्यरत ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार...

प्रदेश १ मा ४६७ कोरोना संक्रमित थपिए

विराटनगर, ६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७३, मोरङमा १३५, सुनसरीमा १०६, धनकुटामा १८, इलाममा ८, भोजपुरमा ५, उदयपुरमा ४, संखुवासभामा २, पाँचथरमा १...

कोशी अस्पतालको स्त्री विभागमा ल्याब्रोसकोपी सर्जरी सुरू

विराटनगर । विराटनगरस्थित कोशी अस्पपतालको स्त्री तथा प्रसूती विभागमा ‘ल्याब्रोसकोपी’ सर्जरी सेवा सुरु भएको छ ।मोरङको २२ वर्षीय एक जना किशोरीको अन्डासयमा भएको सिस्टको ल्याब्रोसकोपी प्रविधिबाट अप्रेसन गरेर यो सेवा कोशीको प्रसूती विभागमा पहिलो पटक...

पीसीआर रिपोर्ट नआउँदै क्वारेन्टाइबाट घर गएका ६ जनामा कोरोना पुष्टि 

डडेल्धुरा, १२ असार-आत्महत्या गर्ने धम्की दिँदै क्वारेन्टाइबाट घर गएकी कञ्चनपुरकी १ महिलासहित ६ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । शुक्लाफाँटा नगरपालिका-११ स्थित सरस्वती माबिको क्वारेन्टाइनमा रहेका १० जनालाई दबाब झेल्न नसकेको भन्दै वडा...

दुर्घटना रोक्न सार्वजानिक यातायतमा सचेतना स्टिकर

विराटनगर । सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सार्वजानिक यातायतमा सचेतना मुलक स्टिकर टास्ने अभियान सुरु भएको छ ।विराटनगर बसपार्कबाट छुट्ने सार्वजानिक सवारी साधनमा आइतबार सचेतना मुलक स्टिगर टासेर यो अभियानको सुरु भएको हो ।यातायात क्षेत्रमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्