विराटनगर । मोरङ प्रहरी प्रमुख भएर आएका एसपी नारायण प्रसाद चिमरियाले नागरिक मैत्री सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् । मोरङ प्रहरी प्रमुखको कार्यबाहक समालेको दुई दिनपछि बुधबार संचारकर्मीहरुसँग परिचत्यमक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘प्रचलित नियम र कानुन अनुसार नागरिक मैत्री सेवा दिएर अगाडी बढनेछु,’ उनले भने, ‘अहिले मेरो त्यो गर्छु उसो गर्छु भन्ने केही छैन । मैले त्यस्तो योजना पनि केही बनाएका छैन ।’ प्रहरी नियम र ऐन अनुसार काम कारवाही अगाडी बढाएर अगाडी बढने उनले बताए । ‘तपाइहरुले दिएको सुझाबलाई ग्रहण गर्दै अगाडी बढनेछु,’ एसपी चिमरियाले भने, ‘प्रहरी कार्यालय आएका सेवाग्राहीलाई छिटो र क्षरितो तरिकाले सेवा प्रदान गर्नेछु ।’
जिल्लामा शान्ति सुरक्षा कायम गर्दै चोरी र खुल्ला सीमाबाट हुने तस्करी रोकथाम र नियन्त्रण गरेर अगाडी बढने उनले प्रतिवद्धता जनाए । आर्थिक लेनदेनको विवादमा एसपी नवराज कार्कीलाई आठ महिनामा तानेर गत शुक्रबार प्रहरी प्रधान कार्यालयले राजन लिम्बूलाई काज तोकेको थियो । एमाले निकटलाई प्रहरी प्रमुखमा पठाएको भन्दै नेपाली काँग्रेसका नेताहरुले लिम्बूलाई मोरङ नपठाउन गृहमन्त्री रमेश लेखकलाई दबाब दिएपछि उनको निर्देशनमा मोरङमा हाजिर न भई लिम्बूको काज फिर्ता गरेर चिमरियालाई पठाएको हो । एसपी चिमरियाले सोमबार कार्यबाहक समालेका छन् । उनी यसअघि सुनसरीको दुहबीस्थित नेपाल प्रहरी बिशेष सुरक्षा गणको प्रमुख थिए । । उनको गृहजिल्ला झापा हो ।
काठमाडौं, २१ वैशाख-नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । आइतबार एकै दिन १६ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७५ पुगेको हो। आइतबार दिउँसो नेपालगन्जमा पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको थियो। साँझ...
विराटनगर, ७ असार-प्रदेश १ मा आइतबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरी, मोरङ, उदयपुर र झापामा ४ महिलासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ...
सुर्खेत, १४ जेठ-पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले जाजरकोटको भेरी नगरपालिका-९ का १८ वर्षीय लोकेन्द्र सुनारको शव फेला पारेको हो ।...
विराटनगर, फागुन १८–एलजीको मेची महाकाली रोड शो विराटनगर आइपुगेको छ । एलजीका इलेक्ट्रोनिक्स सामानको उपयोगिताका विषयमा जानकारी दिन एलजीले पूर्वका विभिन्न शहरमा रोड शो सञ्चालन गरिरहेको जनाएको छ । एलजीले इलेक्ट्रोनिक्सका सामानको खरिदमा ५० प्रतिशतसम्म...
काठमाडौं ६ असोज-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरेर कार्ययोजना सार्वजनिक गरेका हुन् । बसाइँ स्थानान्तरण भएका विद्यार्थीको तथ्यांक...
काठमाडाैं, १४ भदौ-कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टाभित्र ४ महिला र १० पुरुष गरी १४ जनाको कोरोना संक्रमणबाट मृत्यु...
जनकपुर, माघ २७–जनकपुरधाम उपमहानगरपालिकाको काम कारबाही करिब ३ महिनादेखि ठप्प छ । प्रदेश २ को अस्थायी राजधानीको उपमहानगरको आर्थिक कारोबार ठप्प हुँदा कर्मचारीहरूले कात्तिक महिनादेखिको तलब पाउन सकेका छैनन् भने पालिकाअन्तर्गतका शिक्षकहरू समेतले ३ महिनादेखि...
काठमाडौं, ६ माघ । लोकसेवा आयोगले कोरोना संक्रमण बढेको भन्दै यही माघ ११ गतेदेखि माघ मसान्तसम्मका सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको विहीबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आयोगले...