राशिफल

एलजीको मेची-महाकाली रोड शो विराटनगरमा

 न्यूज विराट
एलजीको मेची-महाकाली रोड शो विराटनगरमा

विराटनगर, फागुन १८–एलजीको मेची महाकाली रोड शो विराटनगर आइपुगेको छ । एलजीका इलेक्ट्रोनिक्स सामानको उपयोगिताका विषयमा जानकारी दिन एलजीले पूर्वका विभिन्न शहरमा रोड शो सञ्चालन गरिरहेको जनाएको छ ।

एलजीले इलेक्ट्रोनिक्सका सामानको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था पनि गरेको एलजी रोड शोका संयोजक भोगेन्द्र चौधरीले जानकारी दिए । उपभोक्तालाई एलजीका इलेक्ट्रोनिक्स सामानहरू सञ्चालनको तरिका, अन्य कम्पनीका इलेक्ट्रोनिक्सको सामान र एलजीका सामानबीचको भिन्नतालगायतका विषयमा पनि उपभोक्तालाई जानकारी दिइने चौधरीले बताए ।

आज विराटनगरको ट्राफिक चोकस्थित एलजीको शोरुममा आयोजित रोड शोमा एलजीको वासिङ मेशिनका विषयमा उपभोक्तालाई विशेष जानकारी दिइएको थियो । रोड शोले उपभोक्तालाई एलजीका सामान उपयोगप्रति आकर्षित गरेको एलजीले जनाएको छ । वर्षौंदेखि उपभोक्तालाई गुणस्तरीय सामान उपलब्ध गराउँदै आएको एलजीले रोड शोका क्रममा इलेक्ट्रोनिक्स सामानको खरिदमा लक्की ड्रमार्फत विभिन्न उपहारको पनि व्यवस्था गरेको विराटनगर शोरुमका इन्चार्ज महेश साहले बताए ।

सम्बन्धित समाचार

विराटको सङ्कलन केन्द्र विराटनगरको भट्टिमोडमा स्थापना, अब घरमै बसेर बिरामीले रिपोट पाउने

विराटनगर । विराटनगरको दक्षिणी क्षेत्र र सीमावर्ती भारतीय बिरामीहरूलाई स्थानीय स्थरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोस्टिक ल्याब प्रा.लि. ले रगत सङ्कलन केन्द्र स्थापना गरेको छ ।विराटले आइतबार विराटनगर...

बुद्धोदय सहकारीको निक्षेप ११ करोड १ लाख

विराटनगर । विराटनगर महानगरपालिका ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. ले आर्थिक वर्षमा ११ करोड भन्दा बढी रकम निक्षेप गर्न सफल भएको छ ।सहकारीको विराटनगरमा आइतबार भएको १४ औं वार्षिक साधरण...

विराट एक्स्पोको तयारी पुरा, ३६१ वटा स्टल रहने

विराटनगर । सातौं संस्करणको विराट एक्स्पोको तयारी पुरा भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा हुन लागेको एक्स्पोको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलन गरी...

रोटरी क्लबले मनायो बालबालिकासँग अन्तराष्ट्रिय अपाङ्गता दिवस

विराटनगर, १७ मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । क्लबले अपाङ्गता भएका बालबालिकाहरुसँग ३१ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको हो । पिटर प्यान प्ले पेन स्कूलको सहयोगमा क्लबले सीपी...