नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

 न्यूज विराट
नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

 काठमाडौं, २१ वैशाख-नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । आइतबार एकै दिन १६ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७५ पुगेको हो। आइतबार दिउँसो नेपालगन्जमा पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको थियो।

साँझ थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगञ्जकै थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको गरेको हो ।

आइतबार साँझ मन्त्रालयले विज्ञप्ति जारी गर्दै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ पुरुष र ३ महिलामा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो । नेपालगन्ज-८ का १६, २१, ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । संक्रमित सबैजना चिकित्सकको निगरानीमा रहेका छन् । बाँकेमा कोरोना संक्रमित बढ्दै गएपछि उच्च सतर्कता अपनाइको छ ।

सम्बन्धित समाचार

कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय नाघे

काठमाडौं, ३० असोज-नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणका कारण थप २१ जनाको मृत्यु भएको छ...

कोशी अस्पतालमा एड्स हेल्थ केयरको सेवा विस्तार, संक्रमितको उपचारमा सहज हुने

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा एड्स हेल्थ केयर फाउन्डेसनको सहकार्य बिस्तार कार्यक्रमको शुभारम्भ भएको छ । अस्पताल परिसरमा एक कार्यक्रम आयोजना गरि उक्त कार्यक्रमको सेवा विस्तार गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर...

बीपीमा कोरोनाबाट १४ वर्षीय किशोरसहित २ जनाको मृत्यु

विराटनगर,  २१ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट १४ वर्षीय किशोरसहित २ जनाको मृत्यु भएको छ ।  प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उदयपुरको कटारीका १४ वर्षीय किशोरको शुक्रबार बिहान ९ बजेर ५० मिनेटमा...

आजदेखि सप्तरीमा निषेधाज्ञा जारी

सप्तरी, २० साउन-सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरी स्थानीय प्रशासनले आजदेखि २६ साउनसम्म ६ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको सोमबार बुसेको बैठकबाट सो निर्णय गरिएको हो...

काँकडभिट्टा नाकामा खटिएका २० सशस्त्र प्रहरीमा कोरोना संकमण

झापा, ९ साउन-पूर्वी नाका काँकडभिट्टास्थित सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती गुल्ममा कार्यरत २० जना पुरुषमा कोभिड–१९ सङ्क्रमण भएको छ ।स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार गुल्मका १८ जनामा आज र २ जनामा...

नेपालको चुच्चे नक्सा र विदेश नीति कसैले फेरबदल गर्न सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, असार १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने प्रष्ट पार्नुभएको छ । पूर्वपरराष्ट् मन्त्री एर्व एमाले प्रवक्ता प्रदीप ज्ञवालीका ‘फरेन पोलिसिज...

सिक्किममा चामलिङले गरे खरेलको कथासङ्ग्रह ‘टिलो’ सार्वजनिक

कथाकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथासङ्ग्रह सिक्किममा सार्वजनिक भएको छ । सिक्किम राज्यमा २५ बर्ष मुख्यमन्त्री चलाएका सिक्किम प्रजातान्त्रि मोर्चाका अध्यक्ष पवन चामलिङले कथासङ्ग्रहको विमोचन गरे । सिक्किमको सुन्दरतम् नाम्जीमा आयोजित एक विशेष...

कोशीमा जलन अस्पताल निमार्णको लागि सम्झौता, ४० करोडको लागतमा एक सय शैय्याको अस्पताल बन्ने

विराटनगर । सुनसरीको इटहरीमा निमार्ण हुने एक सय शैय्याको जलन अस्पतालको लागि कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता भएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरि प्रदेश सरकार र ट्रष्टबीच जलन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्