विराटनगर । मैथिल ब्राहमणलाई एकिकृत गरेर हरेक समस्याको समाधान गर्ने उदेश्यले एकिकृत भएको ब्राहमण महासभाको मोरङ नयाँ कार्यसमिति चयन भएको छ ।
दोस्रो अधिवेशनले मैथिल ब्राहमण महासभा नेपाल जिल्ला कार्यसमिति मोरङ मनोज कुमार मिश्रको संयोजकमा नयाँ जिल्ला कार्यसमिति चयन भएको हो ।
केन्द्रिय अध्यक्ष ई भगवान झा र महासचिव ईन्द्रदेव मिश्रको उपस्थितीमा गठन भएको जिल्ला कार्यसमिति मिश्रको अध्यक्षमा १७ सदस्य मोरङ जिल्ला कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा विपिन कुमार झा , सचिवमा सुरज कुमार मिश्र, सहसचिवमा सन्तोष कुमार झा , कोषाध्यक्षमा चन्द्रकान्त ठाकुर रहेका छन् । त्यसैगरी सदस्यहरुमा शुभाषचन्द्र झा, नविन कुमार झा, ईन्द्रकान्त मिश्र, जितेन्द्र झा , अभिराज मिश्र, मनिस झा, निसिक मिश्र, माला मिश्र रहेका छन। समितिमा ३ जना महिला सदस्य मनोनयन गर्न बाकी रहेको नवनिर्वाचि अध्यक्ष मनोज कुमार मिश्रले जानकारी दिए । त्यसैगरी सल्लाहकारमा डा एस एन मिश्र, डा एसएन झा, भगवान झा ,विपलेन्द्र झा, सुधानन्नद झा, अरुण कुमार ठाकुर ,बरुण मिश्र, रामजी झा, लक्ष्मीरमण झा लगायतका रहेका छन।
त्यसैगरी महिला उपसमिति प्रिति झाको संयोजकमा १३ सदस्य चयन भएका छन। महिला उपसमितिको उपाध्यक्षमा रंजु झा , सचिवमा ज्योति कुमारी मिश्र, सहसचिवमा रोजी झा, कोषाध्यक्षमा मंजु मिश्र रहेकी छिन । त्यसैगरी सदस्यहरु क्रमश ः सोनी झा, कविता झा, रिभा झा,पुजा मिश्र , मुनि झा, सरोज झा, पुनम झा , रिना झा रहेकी छन।सुनिता ठाकुर , भिमा मिश्र, सुनिता झा, पंकी झा रहेकी छिन । महासभाले जिल्ला भरी छरिएर रहेका मैथिल ब्राहमहरुको जातिय तथ्याङ्ग संकलन गरेर हरेक समस्याको समाधान गर्ने गरी काम सुरु गर्ने योजना बनाएको छ । यस महासभाले सामुहिक ब्रतबन्धन , विपन्न विद्यार्थीहरुलाई शिक्षा लिन आर्थिक सहयोग संगै छोरीहरुको बिहेमा समेत हरेका प्रकारका सहयोग गर्दे आएको छ ।