राशिफल

मााओवादीको प्रदेश १ सम्मेलन विराट चौकमा हुँदै

 न्यूज विराट
मााओवादीको प्रदेश १ सम्मेलन विराट चौकमा हुँदै

विराटनगर, २२ मंसिर । माओवादी केन्द्रले प्रदेश अधिवेशनको तयारी तीब्र पारेको छ । माओवादी केन्द्रले आगामी २५ मंसिरमा मोरङको विराटचौकमा प्रदेश अधिवेशन गर्दै छ ।

त्यसका लागि तयारी तीब्र पारिएको माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष सुरेशकुमार राईले जानकारी दिए । प्रदेश अधिवेशनमा ११४० जना प्रतिनिधि र स्वयंसेवक गरी १५ सयको सहभागीता रहने प्रदेश अध्यक्ष राईले बताए ।

सम्मेलनको लागि प्रदेशका १३७ स्थानीय तहबाट पार्टी सदस्य संख्याको आधारमा पालिकाहरूबाट ६ सय प्रतिनिधि चयन भइसकेका छन् । माओवादी केन्द्रले सबै स्थानीय तहबाट न्युनतम् ३ जना पर्नेगरि ५०० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनौट गरेको छ ।

अध्यक्ष राईका अनुसार सम्मेलनमा आयोजक समितिका ९७ जना, जेष्ठ कम्युनिष्ट मञ्चबाट ८० जना, प्रदेश सल्लाहकारहरु सय जना र विभागबाट ३२ जना सहभागी हुनेछन् । प्रदेशका प्रतिनिधिको कुल १० प्रतिशत अर्थात ९१ जनालाई प्रदेश आयोजक समितिले मनोनित गर्ने जनाइएको छ ।

सम्मेलनमा केन्द्रीय सदस्यहरु २० जना, केन्द्रीय सल्लाहकारहरु १२ जना, केन्द्रीय विभागका ६८ जना, केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चबाट १२ जना र केन्द्रीय आयोगका ५ जनासमेत प्रतिनिधिको रुपमा सहभागी हुनेछन् ।

केन्द्रीय समितिका सदस्यहरुले प्रदेशको सम्मेलनमा उम्मेदवार भएमा वा मतदान गरेमा राष्ट्रिय सम्मेलनमा मतदान र उम्मेदवार हुन पाउनेछैनन् । तर, प्रदेश सम्मेलनबाट राष्ट्रिय सम्मेलनको प्रतिनिधि भने उनीहरु चयन हुनसक्ने बताइएको छ ।

अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने आयोजक समितिका सचिव हेमराज भण्डारीले जानकारी दिएका छन् । अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिने तर, सर्वसम्मत हुन नसकेको खण्डमा निर्वाचन मार्फत प्रदेशको नेतृत्व चुनीने जनाइएको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...