राशिफल

सडक दुर्घटनाबाट १ को मृत्यु

 न्यूज विराट
सडक दुर्घटनाबाट १ को मृत्यु

विराटनगर, चैत ११–ओखलढुङगा मानेभञ्ज्याङ–५ की २५ बर्षीया पबित्रा राईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान ११ बजे मानेभञ्ज्याङ जेरुङ गाउँ स्थितमा हर्कपुरबाट मानेभञ्ज्याङ तर्फ आउँदै गरेको ना ६ त ७३६० नम्बरको ट्र्याक्टर र विपरित दिशाबाट आउदै गरेको बा ६३ प ९३५५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा पछाडी सवार रहेकी राईको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक सोहीठाउँका २४ बर्षीय सुजन राई र सोही मोटरसाईकल पछाडीनै सवार अर्का १९ बर्षीय सनम राई घाईते भएका छन् । घाइते दुवैको स्थानीय मिसन अस्पतालमा उपचार भईरहेको छ । घटनामा संलग्न ट्र्याक्टर र त्यसका चालक नियन्त्रणमा रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...