
पछिल्लो २४ घण्टामा २२४८ जना कोरोनामुक्त
आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कुल १२ हजार ५ सय १६ नमूना परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सो मध्ये ९ हजार...
विराटनगर । विराटनगरस्थित जनता माविकी कक्षा १२ मा अध्ययरत छात्रा दुर्गा यादव अहिले मज्जासँगले कम्प्युटर चलाउन सक्ने भएकी छिन् । उनले कम्प्युटरबाट अंग्रेजी र नेपाली टाइपसँगै एक्सल पनि चलाउन थालेकी छिन् । कम्प्युटर राम्रोसँग चलाउन सक्ने भएपछि उनी विद्यालयको इमेल आइटि पनि बनाइदिने गरेकी छिन् । उनले करिब एक महिना कम्प्युटर तालिम दिएपछि राम्रोसँग कम्प्युटर चलाउन थालेकी हुन् ।
यसरी दुर्गा सँगै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रविधिसँग जोडेर पिछडा सामुदायलाई सशक्तिकरण बनाउने काम रोटरी क्लब अफ विराटनगरले सुरु गरेको छ । रोटरी क्बलले विराटनगरको जनता मावि र मिल्स माविमा अध्ययरत विद्यार्थीहरुलाई प्रविधिसँग जोडेर अगाडी बढाएको क्बलका अध्यक्ष मनोज विक्रम शाहले जानकारी दिए । पहिलो चरणमा २० जना सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई कम्प्युटर तालिम दिएको उनले सुनाए । ‘तालिम लिएका विद्यार्थीहरुले अहिले राम्रोसँग कम्प्युटर चलाएर प्रविधिको ज्ञान हासिल गरेका छन् । हामीले शिक्षाको ज्योती छर्दै विद्यार्थीहरुलाई प्रविधिमा जोड्ने कामको सुरुवात गरेका छौं ,’ उनले भने ।
शाहले रोटरीमा आफ्नो कार्यकालमा ८ समूह गरी करिब २ सय जना विद्यार्थीहरुलाई कम्प्युटर तालिम दिएर प्रविधिमा अब्बल बनाउने योजना रहेको सुनाए । पहिलो चरणको तालिमबाट २० जना विद्यार्थीहरुले प्रविधिको बारेमा जानकारी पाएका छन् । ‘केही दिन भित्रमा फेरी दोस्रो चरणको कम्प्युटर तालिम सुरु हुनेछ । यो तालिममा सामुदायिक विद्यालयहरुमा अध्ययरत विद्यार्थीहरुले सहभागि हुनेछन्,’ उनले भने, ‘एउटा समूहमा २० जना विद्यार्थी सहभागि हुनेछन् । ’ विद्यार्थीहरुलाई कम्प्युटर सिकाउन क्लबले छुट्टै टिचर राखेको छ । विद्यार्थीहरुलाई प्रविधिसँग जोडेर रोजगारमुखि शिक्षा प्रदान गर्नको लागि रोटरीले यस्तो अभियानको सुरुवात गरेको अध्यक्ष शाहले बताए ।
रोटरी क्लबका अध्यक्ष शाह विराटनगरको सामाजिक क्षेत्रमा सक्रिय युवा हुन् । स्कुल व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका उनी आफै पढेको जनता नमूना स्कुलको सुधारमा खटिएका छन् ।
पहिलो चरणमा कम्प्युटर तालिममा सहभागि भएका विद्यार्थीहरुलाई आइतबार प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रममा बोल्दै शाहले शिक्षा र स्वास्थ्यसहित दैवीप्रकोप र आपतकालिन सेवातर्फ काम गर्ने बताए । आउँदो एक वर्षमा क्लवले अल्पकालिन र दीर्घकालिन खाले योजना संचालन गर्ने उनको भनाई छ ।
कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति डा. विजु कुमार थपलियाले आजको आवश्यकता प्रविधिमैत्री शिक्षा भएकोले रोटरीले विद्यार्थीहरुलाई दिएको तालिम एकदमै लाभदाय रहेको बताए ।
प्रविधीसँग जोडेर विद्यार्थीहरुको शिक्षण सिकाइ उपलब्धी मुलक बनाएर अगाडी बढनुपर्ने उनले बताए । ‘शिक्षाको सार्थक परिणामका लागि प्रविधिसँगै शिक्षालाई अद्यावधिक गर्नसके शैक्षिक रुपान्तरण गर्न सहज हुने छ,’ उनले भने , ‘प्रविधिसँग जोडेर विद्यार्थीहरुलाई रोजगारमुखी शिक्षा आजको आवश्यकता हो ।’
आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कुल १२ हजार ५ सय १६ नमूना परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सो मध्ये ९ हजार...
काठमाडौं, २१ जेठ । सरकारबाट बाहिरिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिपरिषद विस्तार हुँदा आफ्नो वरियता नमिलेकाले बाहिरिएको बताएका छन् । मन्त्रालयबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै उनले वरियता नमिलेकाले बाहिरिएको प्रतिक्रिया दिएका हुन् ।...
श्रीमन्त भट्टराईविराटनगर । ‘अघिल्लो पटक चुनाव हार्दा पनि १६ करोडको योजना क्षेत्रमा ल्याएछन्, अब जिते पछि त काम गर्छन् होला । सडक निर्माण, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा उनले धेरै काम गरेका छन्...
विराटनगर । घरेलु टिम पेमा स्पोर्टिङ्ग क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा सोमबार भएको खेलमा कोशी प्रदेश प्रहरी...
कपिलवस्तु, १ जेठ-कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरूद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन् । वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना...
जनकपुरधाम, १७ वैशाख-धनुषामा पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका-७ स्थित देवडीहामा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो । देवडिहाको पुरनी पोखरीतर्फको जमिनमा मृत अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई...
विराटनगर । विराटनगर – ३ मा रहेको बुद्धोदय सामाजिक सेवा मंन्चले विराटनगरमा वृक्षारोपण गरेको छ । मंन्चले शनिबार विराटनगर – ३ सेल्फी रोडमा वृक्षारोपण गरेको हो । मंन्चका पदाधिकारी, सदस्य तथा सर्वसाधरणरूले विभिन्न प्रजातिका विरुवाहरू...
विराटनगर, १३ पुस-नेपाली कांग्रेसका नेता डा. शेखर काइरालाले संसद विघटनको निर्णयलाई सर्बोच्च अदालतले सदर गरेको खण्डमा निर्वाचनको सुनिश्चीतताका लागि निरन्तर खबरदारी गरिने बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ ले सोमबार विराटनगरमा आयोजना...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.