श्रीमन्त भट्टराई विराटनगर । ‘अघिल्लो पटक चुनाव हार्दा पनि १६ करोडको योजना क्षेत्रमा ल्याएछन्, अब जिते पछि त काम गर्छन् होला । सडक निर्माण, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा उनले धेरै काम गरेका छन् । कुनै समस्या पर्दा सिधै सम्पर्क गर्न सकिन्छ र उनी सहज रेस्पोन्स पनि गर्छन् ।’
यी गफहरु यतिबेला मोरङ क्षेत्र नं. ६ (१) का जनताले गर्दैछन्, जसले जीवन आचार्यलाई हँसिया हथौडामा भोट हालेर जिताए । माओवादीको पुगनपुग ४ हजार मत रहेको यस क्षेत्रबाट जीवनले १९ हजार ४ सय ५५ मत ल्याए । संगठन पनि अत्यन्तै कमजोर छ । आखिर कसको भोट आयो त ? अधिकांशको जवाफ आउँछ, ‘सर्वसाधारणको’ ।
थारु समुदायले सबैभन्दा धेरै माया गरे आचार्यलाई ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रिता न्यौपानेले १७ हजार ५ सय ७२ भोट ल्याइन् । त्यो भोट अधिकांश एमालेको भोट थियो । केही कांग्रेसको पनि । धेरै कांग्रेसीले हलोमा भोट हाले त्यस क्षेत्रमा । हँसिया हथौडामा उनीहरुको हात गएन । राष्ट्रिय समिकरण बिर्सिए । समिकरणमा भोट नहाल्दाको परिणाम पनि बिर्सिए । प्रतिगमनका घटनाहरुले अधिकांश कांग्रेसी मतदातालाई असर गरेन । त्यसो हुँदैन थियो भने राप्रपाका हिरा भट्टराईले ११ हजार ८ सय ९९ भोट ल्याउँदैन थिए । उनको न कुनै संगठन, न जनलहर, न त काम गरेको इतिहास ।
दोस्रो प्रयासमा माओवादी केन्द्रका युवा नेता जीवन आचार्य मोरङ ६(१) बाट विजयी भएका हुन् । २०७४ मा भने जीवन काग्रेसका चुमनारायण तब्बदारसँग झिनो मतअन्तरले पराजित भएका थिए । यसपटक आचार्यले जित्नुको एउटै कारण बन्यो उनको क्षेत्र र जनताप्रतिको प्रेम अनि जिम्मेवारी । अघिल्लो चुनावमा हारेर पनि १६ करोडको कार्यक्रम ल्याउनु, जनताको दुःख सुखमा साथ दिनु, जनताका समस्यामा सहजिकरण गर्नु चानचुने विषय होइन । किनभने, चुनाव जितेकाहरु त फर्किएर क्षेत्र जाँदैनन्, हारेको व्यक्तिले क्षेत्र नछोडि काम गर्नु उदाहरणीय विषय थियो ।
‘धेरैले राजनीति पेशाका लागि गर्छन्, तर जीवन आचार्यको राजनीति सेवाको लागि भयो । त्यसकारण पनि उनलाई जनताले विश्वास गरे ।’ स्थानीय सुनिता चौधरी भन्छिन्, ‘पेशाकै लागि त उनी अन्य विषयमै अब्बल छन् । उनको आफ्नै व्यवसाय छ । आईटीका विज्ञ हुन् । तर, जीवनले यस क्षेत्रको समृद्धिको सपना बोके र जिते ।’
मतदाताले पनि पार्टी, चुनाव चिन्ह भन्दा पनि व्यक्ति, क्षमता, सोच, योजना, विकास र समृद्धिलाई प्राथमिकतामा राखे । आचार्यले चुनाव जित्दा चितवन पछिको विकास मोरङ ६ मा हुने बुझे ।
३६ वर्षीय आचार्य प्रदेशसभामा विजयी भएपछि आफ्नो क्षेत्रमा पञ्च वर्षीय कार्ययोजना बनाएर काम गर्ने बताएका छन् । हरेक चुनावी कार्यक्रम र व्यक्तिगत भेटघाटमा आचार्यले आफ्नो क्षेत्रलाई देशकै नमुना बनाउने वाचा गरेका छन् । अघिल्ला नेतृत्वले सपना देखाएर काम गर्न नसकेको आरोप लगाउँदै आचार्यले भने, ‘प्रदेश १ मा थुप्रै काम गर्न बाँकी छन् । भौतिक विकाससँगै सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक विकासका कामहरुलाई समानान्तर लानु छ ।’ सुकुम्बासी, किसान, मजदुर लगायतका समस्याहरु राजनीतिक दलले उठाउनै नसकेको नेता आचार्यको बुझाई छ । ‘सडक बन्नुलाई मात्र विकास भनियो । विकास त्योभन्दा बाहिर छ ।’ आचार्यले भने, ‘बिभिन्न क्षेत्रमा तटबन्धनको समस्या छ । किसानहरुलाई मल छैन । उत्कृष्ट परामर्शदाता प्राविधिकहरु छैनन् । शैक्षिक गुणस्तरमा समस्या छ । सामुदायिक विद्यालयहरु कमजोर हुँदैछन् । यी समग्र क्षेत्रमा देशकै नमुना काम गरेर देखाउँछु ।’ स्वास्थ्यमा गुणस्तर, शुरक्षाको ग्यारेन्टि, रोजगार र उद्यमशीलताको विकासमा पनि आफू केन्द्रित भएर काम गर्ने आचार्यले बताए ।
स्थानीय बासिन्दा भएका कारण क्षेत्रका सबै समस्या जानकारी भएको नेता आचार्यले बताए । उनले भने, ‘मैले हिजो नजित्दा पनि जनताको सेवा गरेको छु, अब जितेपछि झनै धेरै गर्नेछु ।’ सत्ता समिकरणको छलफल हुँदैगर्दा आचार्य कार्यक्रम र योजनाका लागि छलफलमा व्यस्त छन् । केन्द्रमा अर्थमन्त्रालयका सचिवसँग छलफल गरेर आफ्नो क्षेत्रका योजनाको खाका कोर्ने काम सुरु भइसकेको आचार्यले बताए । उनले भने, ‘जनताले ठूलो आशा राखेर सुम्पिएको जिम्मेवारी पुरा गर्न म हरहालत सकृय रहनेछु ।’
विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगरमा सीएनआई कोशी एक्स्पो सुरू भएको छ । विराटनगर – २ शंकरपुरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेपछि एक्स्पो सुरू...
विराटनगर । विराटनगर – १३ मा रहेको डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू भएको छ । स्कुल परिसरभित्र स्पोर्ट्स मिट सुरू भएको हो ।आइतबारसम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू रहेको डिएभी स्कुलका प्रिन्सिपल...
विराटनगर । विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू भएको छ । प्रदेश नं. १ आइटिएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा बिहीबारदेखि ग्रेडिङ परीक्षा सुरु भएको हो । तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपटी तेस्रो...
विराटनगर । विराटनगर विमानस्थलले हवाई यात्रुको सुविधा अभिवृद्धि गर्ने योजना अनुरुप आजदेखि आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली( व्यागेज ह्याण्डलिङ्ग सिस्टम) सञ्चालनमा ल्याएको छ । मोफसलका विमानस्थलमा पहिलो पटके उक्त्त जडान गरिएको र यसको लागत दुई...
पत्रकारिताको नयाँ आयामको रुपमा न्युजबिराट डट कम उपस्थित भएको छ । जनताको सूचनाको हक स्थापित गर्ने र आवाजविहिनहरुको आवाज बलियो बनाउने उद्देश्यसहित हामी आएका हौं । सत्य र न्यायप्रतिको पक्षधरतासहितको स्वतन्त्र प्रत्रकारिता हाम्रो मिसन हो ।