त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीका कपडा बरामद, विराटनगरका बब्लु अग्रवालले पठाएको खुलसा
सोमबार, १० भदौ, २०८१,
न्यूज विराट
विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरीले चोरीपैठारीको आशंकामा १० पोका कपडा बरामद गरेको छ । आइतबार विराटनगर विमानस्थलबाट यति एयरलाइन्सको उडानबाट कार्गोमार्फत पठाइएको १० वटा पोकामा रहेको तयारी कपडा सशस्त्र प्रहरी बल नेपालको राजस्व अनुसन्धान विभाग हरिहर भवनमा तैनाथ राजस्व प्रहरीले नियन्त्रणमा लिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सो कपडा बरामद भएको हो ।
१० पोका कपडा बरामद भएको राजस्व अनुस्न्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले पुष्टि गरेका छन् । ‘कपडा बरामद गरेर अनुसन्धान भइरहेको छ । कसले पठाएको हो । त्यस विषयमा हामी गहन अनुसन्धान सुरु गरेका छौं,’ उनले भने, ‘बरामद गरेको बिलबिजक पनि भेटिएको छैन । यस विषयमा थप अनुसन्धानपछि भन्न सकिन्छ ।’ बरामद भएको कपडा विराटनगरमा तस्करीको धन्दा चलाउने बल्लु अग्रवालको रहेको बुझिएको छ । मोरङमा कडाइ गरेपछि उनले सुनसरीको सीमावर्ती क्षेत्रबाट तस्करीको कपडा विराटनगर गोदाममा ल्याउने र काठमाण्डौ पठाउने गरेका छन् । उनले दुई दर्जन बढी भरिया प्रयोग गरि भारतबाट अवैध रुपमा क्यारिङमार्फत कपडा ल्याउने र काठमाण्डौसहित पुर्वको विभिन्न सहरमा पठाउने गरेका छन् ।
जनकपुरधाम, १३ धदौ–मैथिल ब्राह्मण महासभाले धनुषा जिल्लाको विभिन्न स्थानका ब्राह्मणहरुलाई कोरोनाबाट बच्न आवश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ । अन्यदेश सरह नेपालमा पनि कारोना संक्रमण बढीरहेको बेला संक्रमणवाट बच्न महासभाका संगठनमा रहेका पदाधिकारीका साथै अन्य...
विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले ९२ जना प्रदेश सांसदहरूलाई सोमबार शपथ ग्रहण गराएका हुन् । प्रदेश १ का...
विराटनगर, १० मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सभामा पेश भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताउनु भएको छ ।विधेयकको सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभा हलमा आज बिहान आयोजित पत्रकार...
विराटनगर, साउन २९-बिहीबार मोरङमा ८८ सहित प्रदेश १ मा १ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश १ मा बिहीबार थपिएको संक्रमित संख्या अहिलेसम्मकै उच्च हो । गएको २४ घण्टामा प्रदेश १ मा...
विराटनगर, २२ माघ । नेकपा (एमाले) का कार्यकर्ताले शनिबार विराटनगरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । युवा संघ र अनेरास्ववियु विराटनगर महानगर कमिटीको आयोजनामा कार्यकर्ताले राँके जुलुससहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । विराटनगरस्थित संसारी माईस्थानदेखि बी...
गत २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार ४ सय ९५ को पीसीआर गर्दा १ हजार ९६ संक्रमित थपिएका हुन् । योसहित नेपालमा संक्रमितको संख्या २ लाख ४०...
काठमाडौं, २ मंसिर-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । सचिवालय बैठकको रस्साकस्सी चलिरहेकै बेला मंगलबार साँझ प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन्...