विराटनगर । एसईई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको तरहरास्थित सहिद स्मृती आवासीय माबिले जितेको छ । पोखरिया युथ केयर एकेडेमीको आयोजनामा विराटनगरको सहिद मैदानमा बुधबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको पोखरीया स्कुललाई १–० गोलले हराउँदै सहिद स्मृति स्कुलले उपाधि जितेको हो । उपाधिसँगै सहिद स्मृतिले २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार पायो । जितको लागि सहिद स्कुलका युजिन चौधरीले निर्णायक गोल गरे । बेस्ट फरवर्डमा सहिद स्मृती स्कुलका युजिन चौधरी, बोस्ट गोलकिपर सविन बिक, बेस्ट कोच कोषराज दाहाल घोषित भए । बेस्ट प्लेयर पोखरीयका युनिष चौधरी घोषित । उनले साइकल पाए । विधागत रुपमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई विराटनगरमा रहेको कोबास कलेजले पूर्ण छात्रवृत्ती दिने भएको छ । बिजेता हुने विद्यार्थीहरुलाई खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव पर्शुराम बस्नेतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा मोरङ र सुनसरीका ४४ वटा विद्यालयहरुको सहभागि रहेको कार्यक्रम संयोजक विक्रम कार्की (बिक्की) ले जानकारी दिए ।
काठमाडौं, ९ माघ । नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एस जिन पोजिटिभ आएका नमुनाको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।...
विराटनगर । विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छ ।महानगरअन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको हो । चिकित्सकको सल्लाहअनुसार डेंगु रोगको...
विराटनगर । मोरङ अदालतले नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक ३१ वर्षीय सैहैन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताबलाई पक्राउ गर्न अनुमति दिएको छ ।विराटनगरका उद्योगी अरूणकुमार राठीले आइतबार खत्ताबविरूद्ध मोरङ प्रहरीमा ‘अपहरण तथा शरीर बन्धक’ मुद्दामा जाहेरी...
विराटनगर । घरेलु टिम टिडब्ल्यु विराटनगरलाई हराउँदै झापाको कनकाई स्पोर्टिङ क्लब चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा टिडब्ल्यु २–१ गोलले हराउँदै कनकाई स्पोर्टिङ क्लब सुरुङगा सेमिफाइनलमा...
विराटनगर, बैशाख २१-नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालको भनाई उदृत गर्दै व्यवसायीले नाफा लुकाउने भएकाले व्याज छुट दिनु हुन्न भनेर विभिन्न संचारमाध्यमहरुमा आइरहेको समाचारप्रति मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आपत्ति जनाएका छन ।...
सप्तरीको सप्तकोसी नगरपालिकामा व्यापक अनियमिमता भएको भन्दै जनप्रतिनिधिसहित चारवटा राजनीतिक दलले संयुक्त रूपमा आन्दोलन थालेका छन् । एकलौटी ढंगले अघि बढेका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत मिलेर एक करोडभन्दा बढी रुपैयाँको अनियमिमता गरेको आरोप लगाउँदै...
विराटनगर, २८ साउन । शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताएका छन् । नव निर्मीत जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवन, तथा आवास गृहको उदघाटन गर्दै प्रहरी महानिरीक्षक थापाले उक्त...
काठमाडौं, चैत्र २० । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबारदेखि सुनुवाइ गर्दैछ । एमालेबाट अलग हुनु अघि नै नेपालसहितका...