राष्ट्रपति भण्डारीलाई भेट्न प्रचण्ड पुगे शीतलनिवास - News Birat

राष्ट्रपति भण्डारीलाई भेट्न प्रचण्ड पुगे शीतलनिवास

न्यूज विराट
काठमाडौं, २ मंसिर-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । सचिवालय बैठकको रस्साकस्सी चलिरहेकै बेला मंगलबार साँझ प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् । 

नेकपाभित्रको विवाद उत्कर्षमा रहेका बेला प्रचण्ड शीतलनिवास पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।यसअघि प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले पनि राष्ट्रपति भण्डारीसँग विर्मश गरेका थिए ।

बुधबारका लागि बोलाइएको नेकपा सचिवालयको बैठक अध्यक्ष ओलीले सार्ने प्रयास गरिरहेका छन् ।प्रचण्डले बुझाएको एकल प्रस्ताव फिर्ता नगरेसम्म ओलीले बैठक सार्ने तयारी गरेका छन् भने प्रचण्ड आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने अडानमा छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles