आज ६४९५ को परीक्षण गर्दा १०९६ जनामा कोरोना पुष्टि - News Birat

आज ६४९५ को परीक्षण गर्दा १०९६ जनामा कोरोना पुष्टि

न्यूज विराट

गत २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार ४ सय ९५ को पीसीआर गर्दा १ हजार ९६ संक्रमित थपिएका हुन् ।

योसहित नेपालमा संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आइतबार १ हजार ७ सय ५२ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २५ हजार ८ सय ५ पुगेको छ । आज १७ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles