नेपाल बिजनेस कलेजका विद्यार्थीले सांगीतिक साझ गर्दै, उदय र मनिलाले प्रस्तुती दिने

 न्यूज विराट
नेपाल बिजनेस कलेजका विद्यार्थीले सांगीतिक साझ गर्दै, उदय र मनिलाले प्रस्तुती दिने

विराटनगर । विराटनगर – ११ मा रहेको नेपाल बिजनेस कलेजका विद्यार्थीहरूले कपल जोडीहरुको लागि विराटनगरमै पहिलो पटक सांगीतिक साझ आयोजना गर्ने भएको छ ।
‘द टाइमलेस टियुनेसू’ नाम दिइएको यो सांगीतिक कार्यक्रम भदौ १४ गते विराटनगरको जैन भवनमा हुने भएको हो । कलेज परिसरमा सोमबार विद्यार्थीहरुले पत्रकार सम्मेलन गरी तयारी तिव्र रुपमा अगाडी बढेको जानकारी गराएको छ ।
बिबिए सातौं सेमेस्टरका ६२ जना विद्यार्थीहरूले आयोजना गरेको यस कार्यक्रममा प्रख्यात कलाकारहरू उदय सोताङ्ग र मनिला सोताङ्गको प्रस्तुत हुनेछ । कार्यक्रम व्यवस्थापक रोहन बस्नेतका अनुसार यो कार्यक्रम विशेष गरी कपल जोडीहरूलाई लक्षित गरिएको छ ।
कलेजका प्रबन्ध निर्देशक दीपक कोइरालाका अनुसार यो कार्यक्रम विद्यार्थीहरूको पाठ्यक्रमको एक अंश हो । कार्यक्रम पश्चात् विद्यार्थीहरूले व्यवहारिक कार्य पत्र बुझाएर २० अंक प्राप्त गर्नेछन् ।
इभेन्ट निर्देशक रितिका घिमिरे र संयोजक सपना साहको नेतृत्वमा विद्यार्थीहरूले यो कार्यक्रम आयोजना गरेका हुन् । यसले विद्यार्थीहरूलाई इभेन्ट म्यानेजमेन्टको व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै पूर्वाञ्चल क्षेत्रमा नयाँ प्रकारको मनोरञ्जनात्मक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यो कार्यक्रमले शैक्षिक र मनोरञ्जनात्मक पक्षलाई सम्मिश्रण गर्दै विद्यार्थीहरूलाई व्यावहारिक अनुभव प्रदान गर्ने र स्थानीय समुदायलाई उच्च स्तरीय संगीत सन्ध्याको आनन्द दिने लक्ष्य राखेको छ ।
प्रति जोडी टिकट मूल्य २ हजार ९ य ९९ रुपैयाँ डिनर सहित रहेको छ । कुल २२५ कपल जोडीको लागि टिकट बिक्री हुनेछ । प्रत्येक टेबलमा एक जोडी मात्र हुने आयोजकले जनाएको छ । उक्त सांगीतिक कार्यक्रमको अनुमानित खर्च साढे ७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सांगीतिक साझबाट मुनाफा भएको रकम विराटेश्वर वृद्धा आश्रममा दिने विद्यार्थीहरुले बताएका छन् ।

सम्बन्धित समाचार

सुरकेशमा भेटियो स्रोत नखुलेको १२ लाख, विराटनगरबाट दुई भारतीय नागरिक पक्राउ

विराटनगर । स्रोत नखुलेको १२ लाख ४६ हजार ४ सय रुपैयाँसहति सशस्त्र प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बोर्डर आउट पोस्ट (बिओपी) रानीले विराटनगर २ नम्बर ढाटबाट आज दिउँसो ७ लाख ७९...

स्वास्थ्य मन्त्रालयले भन्यो : फेरि लकडाउन हुँदैन

काठमाडौं १६ असोज-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ हजार सक्रिय सङ्क्रमित भए पनि बन्दाबन्दी (लकडाउन) नगरी तिनको व्यवस्थापन गर्न सकिने जनाएको छ । यही ७ असोजमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले...

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्याे, एकै दिन थपिए ११ संक्रमित

काठमाडौं, ९ वैशाख-कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुर जिल्ला मात्रै कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेर २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसोको नियमित पत्रकार सम्मलेनमा थप १...

सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ नवीन सुवेदीसहित चार जना पक्राउ

विराटनगर, १४ पुस । विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंक घोटला प्रकरणमा सीईओ नवीन सुवेदीसहित चार जना बैंकका कर्मचारी पक्राउ परेका छन् । बैंकमा करोडौं रुपैयाँ हिनामिना भएको तथ्य बाहिरिएपछि बैंकका सीइओ सुवेदीसहित चार जना पक्राउ परेका...

निजी विद्यालयहरुले शुल्क बढाउन नपाउने विराटनगर महानगरको निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८१ का लागि संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले अघिल्लै शैक्षिक सत्रको शुल्कलाई निरन्तरता दिने निर्णय गरेको हो । शिक्षा समितिका अध्यक्ष...

निर्वाचनबारे दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, ४ माघ-निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । आयोगले निर्वाचन, मतदाता नामावली, मतदान स्थल र केन्द्रका विषयमा राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । छलफलका लागि आयोगले...

सञ्चालनमा आयो मोतीपुर सबस्टेशन, विद्युत् प्रवाह थप गुणस्तरीय हुने

काठमाडौँ, २७ मङ्सिर-रुपन्देही र आसपासका क्षेत्रमा सहज रुपमा बिजुली उपलब्ध गराउन महत्वपूर्ण मानिएका पूर्वाधार एकपछि अर्को गर्दै निर्माण सम्पन्न हुन थालेका छन् । प्राधिकरण नेतृत्वको नियमित अनुमगन र आवश्यक निर्देशनका कारण ऊर्जाका पूर्वाधारको विकास र...

मारवाडी युवा संगठनको उपाध्यक्षमा गोपाल अग्रवाल

विराटनगर । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको उपाध्यक्षमा विराटनगरका युवा व्यवसायी गोपाल अग्रवाललाई प्रथम उपाध्यक्षमा चयन भएका छन् । नेपाल राष्ट्रिय मारवाडी युवा संगगठनको चौथो राष्ट्रिय महाधिवेशनबाट अग्रवाल सर्वसम्मत रुपमा प्रथम उपाध्यक्षमा चयन भएका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्