सुरकेशमा भेटियो स्रोत नखुलेको १२ लाख, विराटनगरबाट दुई भारतीय नागरिक पक्राउ

 न्यूज विराट
सुरकेशमा भेटियो स्रोत नखुलेको १२ लाख, विराटनगरबाट दुई भारतीय नागरिक पक्राउ

विराटनगर । स्रोत नखुलेको १२ लाख ४६ हजार ४ सय रुपैयाँसहति सशस्त्र प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बोर्डर आउट पोस्ट (बिओपी) रानीले विराटनगर २ नम्बर ढाटबाट आज दिउँसो ७ लाख ७९ हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहारका ८१ वर्षीया राम नरेश सिंह र सवारी चालक ३३ वर्षीया रितेस जसवान रहेको छन् । उनीहरु भारतबाट नेपाल प्रवेश गरेको बी आर ०१ पीजी २११५ नम्बरको सेता स्कारपीयो गाडी चेकजाच गर्ने क्रममा भारतीय रुपैयाँसहित बिओपी रानीका सशस्त्र प्रहरी निरीक्षक प्रमेश श्रेष्ठको नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । चेकजाँच गर्ने क्रममा सुरकेसमा राखिएको भारतीय रकम फेला परेको सशस्त्र प्रहरी बल मोरङका एसपी तिर्थ थापाले जानकारी दिए । पक्राउ परेका भारतीय नागरीक, भारतीय रुपैयाँ र गाडी अहिले बिओपी रानीमा राखेर थप अनुसन्धान गर्दै आएको छ ।

सम्बन्धित समाचार

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर, ३१ वैशाख-झापाको दमक नगरपालिका– ५, हरिओम कोलिनीको भित्री सडकखण्डमा टिपरको ठक्करबाट  १ साइकलयात्रीको मृत्यु भएको छ । बुधबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ५५२४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर...

एमाले राजनीतिक बाघ हो, स्यालहरुले नजिस्क्याउनु : महेश बस्नेत

अर्घाखाँची, २९ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आम नेपाली जनताको लागि राजनीतिक रुपमा एमाले बाघ पार्टी भएकाले अन्य बाघको छेउमा स्याल जस्ता पार्टींहरुले एमालेलाई नजिस्क्याउन चेतावनी दिनुभयो ।नेकपा...

प्रदेश प्रमुख अधिकारीद्धारा कोरोना अस्पतालको अनुगमन

विराटनगर, चैत २४–प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले अहिलेको संकटलाई पार लगाउनुको विकल्प नभएको बताएका छन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९) बनावटी विषय नभएकाले सवैलाई सुरक्षित रहन उनले आग्रह गरे...

विराटनगर आएर ओलीले भने–कसैलाई प्रधानमन्त्रीको अफर गरेका छैनौँः ओली

विराटनगर, २७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले मुलुकमा आफ्नो पार्टी मात्र बाममन्थी पार्टी भएको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले एमाले मात्र...

स्वास्थ्य माफिया अन्त्यका लागि उर्लाबारीमा ट्रमा सेन्टरः अध्यक्ष पोखरेल

विराटनगर, असार २–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले पूर्वी नेपालमा रहेका स्वास्थ्य माफियाहरुको अन्त्यका लागि पनि मंगलबारेमा ट्रमा सेन्टर निर्माणका लागि नेकपा नेतृत्वको प्रदेश सरकार लागिपरेको बताएका छन् । नेकपा उर्लाबारी नगरकमिटीले मंगलबार आयोजना...

बसाइँ–सराइ रोक्न लिफ्टिङ खानेपानी आयोजना सञ्चालनको तयारी

विराटनगर, माघ २६–खानेपानी अभावकै कारण पहाडी क्षेत्रबाट तराईमा बसाइँ सर्र्ने क्रम बढेपछि पूर्वी पहाडी जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा लिफ्टबाट खानेपानी आयोजना सञ्चालनको तयारी थालिएको छ । खानेपानी अभावकै कारण बसाइँ सर्नुपर्ने बाध्यता रोक्न स्थानीय नदीबाट लिफ्टिङ...

सेन्ट्रल मल चौथो वर्षमा, विविद्य कार्यक्रम गरी मनाउने

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मल चौथो वार्षिकोत्सव विविद्य कार्यक्रम आयोजना गरी मनाउने भएको छ । सेन्ट्रल मलले विभिन्न कार्यक्रम गरी चौथो वार्षिकोत्सव मनाउने भएको हो । वार्षिकोत्सव अवसर पारेर फागुन २० विहान १० बजेदेखि सुल्ला...

प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

विराटनगर, ७ साउन । सुनसरी धरानको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १० मा सटर भाडा लिई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्