हलेसीमा दुई वटा हवन कुण्ड निर्माण, पूर्वमुख्यमन्त्री कार्कीद्वारा उद्घाटन

 न्यूज विराट
हलेसीमा दुई वटा हवन कुण्ड निर्माण, पूर्वमुख्यमन्त्री कार्कीद्वारा उद्घाटन

खाेटाङ- काेशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले हलेसी तुवाचुङ नगरपालिका ७ स्थित हलेसी महादेव मन्दिर परिसरमा नवनिर्मित दुई वटा हवन कुण्डकाे साेमबार उद्घाटन गरेका छन् ।

गत आर्थिक वर्षमा काेशी प्रदेश सरकारकाे पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतकाे पर्यटन विकास आयाेजनाकाे एक कराेड ४२ लाखकाे लागतमा हवन कुण्ड निर्माण भएकाे हलेसी तुवाचुङ नगर प्रमुख बिमला राईले बताइन् ।

फलामकाे पिल्लर र बिममाथि पटाहा र त्यसमाथि तामाकाे छाना राखेर हलेशी मन्दिरकाे दक्षिणतर्फ फराकिलाे र आकर्षक हवन कुण्ड निर्माण गरिएकाे हाे ।
स्थानीय ६० वर्षीया प्रमिला खत्रीले एकैपटक दुई वटा हवन कुण्डकाे निर्माणले रूद्री लगाउन, लाखबत्ती बाल्न, पूजा, हवनलगायतका कार्य गर्न सुबिधा थपिएकाे बताइन् । ´यसअघि हलेसी महादेव भएकाे गुफाभित्रै रूद्री लगाउने, लाखबत्ती बाल्ने लगायतकाे पूजापाठ गर्नुपर्ने बाध्यता थियाे,उनले भनिन्, ´पछिल्लाे समय हलेसी महादेवकाे दर्शन गर्न आउने भक्तजनकाे संख्या दिन प्रतिदिन बढ्दै गएकाले गुफाभित्र खुट्टा टेक्ने समेत ठाउँ नहुँदा रूद्री लगाउने, लाखबत्ती बाल्ने लगायतकाे पूजापाठ गर्ने अवस्था नभएकाे अवस्थामा हवन कुण्डले ठूलाे सुबिधा थपियाे ।

पूर्वमुख्यमन्त्री कार्कीले हिन्दु, बाैद्ध र किरात तीन वटै समुदायकाे आस्थाकाे केन्द्र हलेशी महादेव भएकाले यसकाे व्यवस्थित विकास आवश्यक भएकाले प्रदेश सरकारले हवन कुण्ड निर्माण गरेर काम अघि बढाएकाे बताएका हुन् । ´त्रीधार्मिक स्थलकाे रूपमा रहेकाे हलेसी महादेवकाे दर्शन गर्न संसारभरिबाट मानिस आउन थालेकाले त्यही हिसाबले संरचनागत विकास पनि आवश्यक भएकाे हाे,उनले भने, ´हलेसी महादेव यस प्रदेशकाे प्रमुख पर्यटकीय स्थल भएकाेले यसकाे व्यवस्थित विकासमा तीन वटै तहका सरकारकाे समन्व्य अपरिहार्य छ ।

हलेसी तुवाचुङ नगर प्रमुख राईले हलेसी पुग्ने सडक संरचनाका साथै पर्यटक आकर्षित गर्ने र सुबिधा हुने संरचनामा निर्माणका लागि माथिल्ला सरकारकाे गम्भीर ध्यानाकर्षण गराइन् ।
हलेसी महादेवकाे दर्शनका लागि गत आर्थिक वर्षमा एक लाख ८० हजार भक्तजन आएकाे मन्दिर व्यवस्थापन समितिले जनाए । नगर प्रमुख राईले चालू आर्थिक वर्षमा पाँच लाख पर्यटक भित्र्याउनले लक्ष्य रहेकाेले त्यही अनुसारकाे संरचना विकासमा सघाउन प्रदेश र संघ सरकारसँग माग गरिन् ।

सम्बन्धित समाचार

कोभिड-१९ विशेष कार्यक्रम गर्न प्रदेश ५ काे ५१ करोड बजेट

बुटवल, १ जेठ-कोरोना भाइरसका कारण नेपाल फर्कने युवालाई लक्षित गर्दै प्रदेश ५ सरकारले कोभिड-१९ विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयले प्रदेशका १ सय ९ वटै स्थानीय तहमा लागू...

सडकमा गुजारा चलाइरहेका १३ जनाको महानगरद्वारा उद्दार

मोरङ,  ३० असोज-विराटनगर महानगरपालिकाले नगरका  सडकमा बेसहारा भई कठिन जीवनयापन गरिरहेका १२ सडक मानवलाई  उद्दार गरेको छ ।  विराटनगर महानगरका प्रमुख भीम पराजुलीले विराटनगर–९ स्थित पुरानो गुद्री आसपास क्षेत्रमा बस्दै आएका बेसहारालाई उद्दार गरेका हुन्...

सिरहामा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण

वीरगन्ज, ६ भदौ-सिरहामा मृत्यु भएका १ वृद्धमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका-४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना पाजिटिभ...

प्रदेश १ मा १ वर्षमा मानवअधिकार उल्लंघनका ८ सय ५२ घटना

विराटनगर, फागुन ८–प्रदेश १ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना बढेको पाइएको छ । सन् २०१९ मा मात्र प्रदेश १ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा ८ सय ५२ जना पीडित भएका छन् । प्रदेश...

लडकडाउनमा कडाइ गरेपछि मोरङको रंगेलीमा प्रहरी र स्थानीयबिच झडप

विराटनगर, भदौ ३-लकडाउनमा कडाई गरेपछि मोरङको रंगेलीमा प्रहरी र स्थानयबिच झडप भएको छ । रंगेलीको वडा नं. ५ स्थित आमगाछीमा स्थानीयले लकडाउन उल्लंघन गर्दै बजार पशल खोलेपछि प्रहरीले कडाई गर्दा झडप भएको हो । रंगेलीमा...

किड्स भिलेजमा अक्षरारम्भ, ४७ जना विद्यार्थी नयाँ भर्ना

विराटनगर । विराटनगर – ५ मा रहेको किड्स भिलेज स्कुलमा ४७ जना नयाँ विद्यार्थीले अक्षरारम्भ गरेका छन् । स्कुल परिसरमा बुधबार बसन्तपञ्चमीको अवसर पारेर सो संख्यामा विद्यार्थीहरुले अक्षरारम्भ गरेका हुन् । बसन्तपञ्चमीमा किड्स भिलेज स्कुल...

भारतमा अबको १२५ दिन क्रिटिकल हुने

भारतको स्वास्थ्य मन्त्रालयले कोभिड-१९ संक्रमणको हिसाबमा अबको १०० देखि १२४ दिन निकै कष्टकर हुने बताएको छ । शुक्रबार आयोजित प्रेस ब्रिफिङमा भारतीय नीति आयोगका सदस्य डा. वीके पौलले यस्तो बताएका हुन् । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित...

अन्तर्राष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने

विराटनगर, २१ फागुन । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ । कोभिड १९ को महामारीमा अग्रपंत्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्