विराटनगर । विराटनगर –१० निलसदनस्थित कोबास कलेजले नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको हो । कलेजको नयाँ शैक्षिकसत्रमा ३ सय ५० विद्यार्थी भर्ना भएको कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठले जानकारी दिए । नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको नियम र शैक्षिक बातवरणको बारेमा जानकारी गराएको थियो । उक्त कलेजले अध्यापन गराउने होटल म्यानेजमेन्ट,विज्ञान,कम्पयुटर साईन्स र ब्यवस्थापन पढाइ हुने गरेको छ । नयाँ भर्ना भएका २९ औँं ब्याचका विद्यार्थी रहेको कलेजले जनाएको छ । कार्यक्रमममा बोल्दै कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठले कलेजले सीप र संस्कार सहितको विद्यार्थी उत्पादन गर्दै आएको बताए । उनले कोबासमा अध्ययनगरि गएका विद्यार्थीहरु स्वदेश सहित संसारभरि छरिएर महत्वपूर्ण निकाय र ओहदाहरुमा काम गर्दै आएको समेत बताए । सो अवसरमा कोबासमा पढेर विभिन्न निकायमा काम गर्दै आएका पुर्व विद्यार्थीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । कोबास कलेजका ब्यवस्थापन समिति अध्यक्ष प्रिया सारडा र प्रिन्सिपल श्रेष्ठले विद्यार्थीहरुलाई मायाको चिनो र खादा सहित सम्मान गरे । कार्यक्रमकाबिच नवआगन्तुक विद्यार्थीहरुको स्वागतमा कक्षा १२ का विद्यार्थीहरुले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरे । कार्यक्रममा कलेज संचालक समिति अध्यक्ष सुमन कालिकोटे,प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल, प्याब्सनका पुर्व अध्यक्षद्वय सावित्री पराजुली,ईन्द्र राई, प्याब्सन विराटनगरकन अध्यक्ष मोहन बुढाथोकी, उपाध्यक्ष अर्जुन श्रेष्ठ सहित शैक्षिक तथा वित्तिय संस्था आबद्ध ब्यक्तीत्वहरुले शुभकामना ब्यक्त गरे । सो अवसरमा कलेजका विद्यार्थीहरुले ईथिकल ह्याकिङ सहित विविध विज्ञान प्रदर्शनी तथा खानपान लगायतका प्रदर्शनी गरेका थिए । गुणस्तरीय शिक्षा प्रर्बधनको उद्धेश्य सहित २०५२ सालमा कोबास कलेजको स्थापना भएको जनाईएको छ ।
विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा सेमिफाइनलको समिकरण पूरा भएको छ । विराटनगरमा जारी प्रतियोगितामा सुनसरी र मोरङका चार वटा स्कुल विजयी भइ सेमिफाइनलको समिकरण पूरा भएको हो...
विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरले अवैध गाँजा धमाधम बरामद गर्न थालेको छ । एकपछि अर्को गर्दै अवैध गाँजा इप्रका रानीले पक्राउ गर्न थालेको हो । शनिबार दिउँसो पनि मोरङ जहदा गाउँपालिका – ३...
विराटनगर, ९ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५०१, मेची अस्पतालबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४, विराट मेडिकल कलेजबाट ३ र वीपी कोइराला...
विराटनगर । सुन र नगद लुटेर सुनसरीको धरान उपमहानगरपालिका – २० स्थित टोकेमा एक वृद्ध महिलाको हत्या गरिएको छ । लुटेराको समूहले स्थानीय ६५ वर्षीय पूर्णिामाया राईको सुन र नगद लुटेर हत्या गरिएको अवस्थामा आज...
विराटनगर । समाजसेवी दिनबन्धु गोयल र उनको परिवारको सहयोगमा झापाको भद्रपुर नगरपालिका–६ मन्त्री चोकमा निर्मित १४ वटा घर सम्बन्धित घरधनीहरुलाई हस्तान्तरण गरिएको छ । ओम प्रकाश गोयल कोलोनी मार्ग समुद्घाटन तथा गृह हस्तान्तरण कर्यक्रममा गोयल...
विराटनगर । कोशी प्रदेश सरकारले आङ खस्ने महिलाको उपचार निःशुल्क सुरू गरेको छ । पहाडी र तराइको जिल्लाको ग्रामिण क्षेत्रमा आङ खस्ने रोगको समस्याले महिलाहरू ग्रसित भएपछि प्रदेश सरकारले निःशुल्क उपचार सेवा सुरू गरेको हो...
आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ । उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर...
काठमाडौं, २९ माघ । सर्वोच्च अदालतले भोली देखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले १ फागुन देखी सबै...