एसइइ रनिङ्ग शिल्डको सेमिफाइनलको समिकरण पूरा, सुनसरी र मोरङका चार स्कुल अन्तिम चारमा
मङ्गलबार, ०९ साउन, २०८०,
न्यूज विराट
विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा सेमिफाइनलको समिकरण पूरा भएको छ । विराटनगरमा जारी प्रतियोगितामा सुनसरी र मोरङका चार वटा स्कुल विजयी भइ सेमिफाइनलको समिकरण पूरा भएको हो ।
विराटनगरमा मंगलबार भएको खेललमा सुनसरीको बराहा राईजिङ स्कुल, जेभियर्स स्कुल, सहिद स्मृति आवासीय र विराटनगरको सत्यनारायण मावि स्कुल विजयी भइ सेमिफाइनलमा पुगेको छ ।
पहिलो खेलमा बराहा राईजिङ स्कुलले युनिक एकेडेमी २–० गोलले पराजित ग¥यो । जितको लागि बराहाका कृष पौडेल र प्रसान राईले १ –१ गोल गरे । म्यान अफ द म्याच बराहा राईजिङका क्रिस पौडेल घोषित भए ।
दोस्रो खेलमा जेभियर्स स्कुल गोलले समता स्कुललाई टाइब्रेकरमा ४–२ गोलले हरायो । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि टाइब्रेकरबाट जेभियर्सको जित भएको हो । म्यान अफ द म्याच समता स्कुलका मनोज खड्का घोषित भए ।
तेस्रो खेलमा सहिद स्मृति आवासीयले थर्ड आइ स्कुललाई टाइब्रेकरमा ५–३ गोलले निनाश बनायो । निर्धातिर समयसम्म २–२ गोलको खेल बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । म्यान अफ द म्याच सहिद स्कुलका सुशील राई भए ।
चौथो खेलमा सत्यनारायण माबिले प्रजातन्त्र माविलाई ४ –२ गोलले पराजित गरो । जितको लागि सत्यनारायण माबिका हेमन्त राजबंशीले २ गोल, पृथ्बी राजबंशी र साजित आलमले १–१ गोल गरे । प्रजातन्त्र माबिको तर्फबाट धिरज उराव र रोसन सरदारले १–१ गोल फर्काए । म्यान अफ द म्याच प्रजातन्त्र माबिका रोसन सरदार घोषित भए । साउन १२ गते २ बजेबाट सेमीफाईनल खेलहरू हुने खेल संयोजक बिक्की कार्कीले जानकारी दिए ।
विराटनगर, २ फागुन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले अस्पतालका कुनैपनि सेवा अवरुद्ध नरहेको जनाएको छ । अस्पताल प्रशासनले सूचना जारी गरेर अस्पतालका सम्पूर्ण सेवा सूचारु रहेको जानकारी दिएको हो । अस्पतालका सेवाहरु सूचारु भए÷नभएको विषयमा...
चितवन, २ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् राम नेपालकै अयोध्यामा जन्मेको बताएपछि यहाँको माडी नगरपालिकाले अयोध्याको प्रमाण जुटाउन लागेको छ । माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले...
विराटनगर । भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ। आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया...
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार राती भएको फुटबल प्रतियोगिताको उपाधि विराटनगरको कान्तिपुर कलेज र पथरीको रेड स्टार कलेजले जितेको छ । विराटनगरको शहिदमैदानमा फ्लटलाईटमा भएको रात्रीकालिन छात्र...
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जिल्ला भित्र गुडिरहेका सवारी साधनहरूलाई चेकिङ गर्ने क्रममा नम्वर प्लेट स्पष्ट नभएका सवारी साधनहरूलाई अन द स्पोट नम्वर लेखाउने अभियान सुरु गरेको छ । ट्राफिक व्यवस्थापन तथा सवारी...
कोरोनाकोको त्रासबाट बच्न सरकारले सर्वसाधारणलाई घरमा नै बस्न आग्रह गरेसँगै विभिन्न संस्थाहरुले धमाधम कर्मचारीलाई विदा दिदै व्यापार व्यवसाय बन्द गर्न निर्देशन दिन थालेका छन् । आइतबार राष्ट्रिय व्यवसायी महासंघले प्रेस विज्ञप्ती निकाल्दै अत्यावश्यक व्यापार व्यवसाय...
विराटनगर । नेकपा (एमाले) मोरङ संगठन कमिटीको सचिवमा नेता रविन थापाले जिम्मेवारी पाएका छन् । उनलाई आइबार बसेको प्रदेश कमिटीको सचिवालय बैठकले जिम्मेवारी दिएको हो ।पार्टीको जनसंगठनको विभिन्न जिम्मेवारीमा रहेर महत्वपूर्ण र सफल नेतृत्व गरेका...
काठमाडौँ, ५ भदौ । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ। अहिले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।...