पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१५ जना डिस्चार्ज, ५० जना संक्रमित थपिए

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१५ जना डिस्चार्ज, ५० जना संक्रमित थपिए

विराटनगर, ९ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५०१, मेची अस्पतालबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४, विराट मेडिकल कलेजबाट ३ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएका हुन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या २६ हजार २९६ पुगेको छ । प्रदेश १ मा आज ५० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १७, सुनसरीमा १४, झापामा १२, इलाम, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १३, सुन्दरहरैचा, मिक्लाजुङ, बेलबारी र लेटाङमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ५७४ पुगेको छ । प्रदेश १ मा आज ३९० जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म २ लाख ६ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ः संरक्षण गृहमा आश्रितहरुलाई खोप लगाउन शुरु

विराटनगर, २८ साउन । प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रितहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुलाई आज देखि जोनसन एण्ड जोनसन खोप लगाउन...

विद्युतिय व्यवसायी महासंघको महासचिबमा गोपाल अग्रवाल

विराटनगर । नेपाल विद्युतिय व्यवसायी महासंघका महासचिब गोपाल अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । महासंघको शनिबार काठमाडौंमा सम्पन्न १३औं साधारण सभा तथा ५औं अधिवेशनबाट अग्रवाल सर्वसम्मत रुपमा महासचिवमा निर्वाचित भएका हुन् ।अग्रवाल विराटनगरका यूवा व्यवसायी...

फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

काठमाडौँ, १८ पुस-राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो । राष्ट्रिय टोलीका कार्यवाहक...

सेन्ट लरेन्स कलेजका कोर्डिनेटर जनार्दन अधिकारी प्रहरीकाे नियन्त्रणमा

कक्षा ११ की एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका कोर्डिनेटर जनार्दन अधिकारीलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त गाैशालाकाे टाेलीले सोधपुछका लागि अधिकारीलाई नियन्त्रणमा लिएको हो । सेन्ट लरेन्सका आन्दोलित विद्यार्थीहरू प्रहरी...

बलात्कार गरेर भारत लैजान खोज्ने दुई भारतीय नगरिक पक्राउ

विराटनगर । जबरजस्ती करणी गरेर भारत लैजान खोज्ने दुई जना भारतीय नागरिकलाई प्रहरी र साना हातहरू नामक संस्थाले पक्राउ गरेको छ । भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगीरलाई पक्राउ गरेको हो...

रुकुम हत्या काण्डः थप एक जनाको शव भेटियो

रुकुम, जेठ १७–रुुकुम पश्चिम चौरजहारीमा भएको घटनामा बेपत्ता भएका सवैको शव फेला परेको छ । उक्त घटनामा वेपत्ता सवै ६ जनाको शव फेला परेको हो । जाजरकोट भेरी नगरपालिका–४ का नबराज विक प्रेम विवाहका लागि...

औषधी व्यवसायीद्धारा सिपिआर तथा क्यान्सर रोग बारे सचेतना कार्यक्रम

विराटनगर । विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले सिपिआर तथा क्यान्सर रोग बारे सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । भारतको पटनास्थित मेदान्ता अस्पतालको सहयोगमा उक्त कार्यक्रम शुक्रबार विराटनगरस्थित होटल स्वागतममा आयोजना गरेको...

विराटनगरमा १९ सहित प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण

विराटनगर, ३ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना संक्रमण भएको छ । ३७४ जनाको पीसीआर परीक्षण गर्दा ४९ र ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्