भोलीदेखि सर्वोच्च अदालतको सबै सेवा सञ्चालन हुने

 न्यूज विराट
भोलीदेखि सर्वोच्च अदालतको सबै सेवा सञ्चालन हुने

काठमाडौं, २९ माघ । सर्वोच्च अदालतले भोली देखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले १ फागुन देखी सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो ।

गत बिहीबार बसेको पूर्ण बैठकले आगामी १ फागुनवाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक पक्षलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढे पछि अदालतले गत ५ माघवाट सेवा संकुचन गराउँदै आएको थियो ।

गत ४ माघ देखी २९ माघसम्मको अवधिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभुत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गरेर अन्य सेवा बन्द गरेको अदालत आइतवारवाट भने नियमित सेवामा जानेछ ।

सर्वोच्चका अनुसार झन्डै एक महिनाको सेवा संकुचनको यस अबधीमा बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदनलगायतका मुद्धा माथी कारवाही र सुनवाईलाई भने निरन्तरता दिईएको थियो ।

सम्बन्धित समाचार

२५ जेठमा युवा सम्मेलन झापामा, ५ सयभन्दा बढी युवाको सहभागिता हुने

विराटनगर । नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध विस्तारका लागि झापाको मेचीनगरमा नेपाल–भारत युवा सम्मेलन आयोजना हुने भएको छ । नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले जेठ २५ गते एक दिने सम्मेलनको आयोजना गर्न लागेको हो...

वैशाख कृष्ण औँसी आज, सामाजिक दूरी कायम गरेर आमाको अनुहार हेर्न सुझाव

काठमाडौं, ११ वैशाख-वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने दिन आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुसी पारी मनाइँदै छ । यो वर्ष कोरोना महामारी भएकाले सामाजिक दूरी...

मेरील्याण्डका विद्यार्थीका लागि ५० लाखको छात्रवृत्ती घोषणा

विराटनगर । विराटनगर– ७ रंगेलीरोडस्थित मेरील्याण्ड कलेजका विद्यार्थीहरूका लागि ५० लाख बराबरको छात्रवृत्ती घोषणा गरिएको छ ।मेरील्याण्ड कलेजबाट २०८१ सालमा कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरूका लागि काठमाण्डौंस्थित टेकस्पायर कलेजले ५० लाख बराबरको छात्रवृत्ती घोषणा...

अत्याधुनिक भवनबाट विराट डाईग्नोष्टिक ल्याबको भरपर्दो सेवा, विरामीको विश्वास जित्दै

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याबले अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवनबाट सेवा सुचारू गरेको छ । ल्याबवको नयाँ बनाएको आधुनिक भवनको सोमबार उद्घाटन अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले गरे...

नयाँ मन्त्रीहरूको सपथग्रहण

काठमाडौं, जेठ २१ -नवनियुक्त मन्त्रीहरूले सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित बिशेष समारोहबीच राष्ट्रपति बिद्यादेवी भण्डारीले नवनियुक्त तीन उपप्रधानमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । यस्तो...

स्थायी कमिटीबाट समस्या समाधान गर्ने नेकपा सचिवालयको निर्णय

नेकपा सचिवालय बैठकले स्थायी कमिटी बैठकबाट समस्या समाधान गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्रको समस्या स्थायी कमिटी बैठकबाट समाधान गर्ने निर्णय गरेको हो । स्थायी कमिटी बैठक भोलि...

अस्पतालबाट डिस्चार्ज भए प्रधानन्यायाधीश राणा

काठमाडौं, १७ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणपछि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु भर्ना भएका राणा आज बिहान डिस्चार्ज भएका हुन् । राणा चार दिनअघि १२ मंसिरमा अस्पताल भर्ना भएका...

प्रदेश १ मा दैनिक संक्रमणको नयाँ रेकर्डः आज १०३९ संक्रमित थपिए

विराटनगर, ३० वैशाख । प्रदेश १ मा आज १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्