विराटनगरको श्री हस्पिटलमा ठगी धन्दा, एम्बुलेन्सलाई कमिसन दिएर बिरामी कब्जा !
शुक्रबार, १८ साउन, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको श्री हस्पिटलले विरामी ल्याउन एम्बुलेन्स चालकहरुलाई मोटो रकम कमिसन दिने गरेको पाइएको छ । विरामी लगेवापत चालकलाई मटो रकम दिने भएकोले एम्बुलेन्स चालकले विरामीलाई श्री हस्पिटल पुर्याएने गरेको पाइएको हो ।
कसिसन धेरै दिने अस्पतालको सेवा राम्रो रहेको भन्दै खासगरी ग्रामिण क्षेत्रका विरामी र आफन्तलाई चालकले प्रभावित बनाउने गरेका छन् । मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरका ३१ वर्षीया रञ्जित टुडु पेट दुखेपछि २८ असारमा विराटनगरस्थित कोशी अस्पतालमा उपचारको लागि आएका थिए । आर्थिक अवस्था कमजोर रहेका उनी सस्तोमा सरकारी अस्पतालमा उपचार गराउन कोशीमा आएका थिए । कोशीमा आएका उनलाई चिकित्सकले भिडियो एक्स–रे गर्न सुझाब दिए । एक्स–रे गर्दा उनको पेटमा समस्या देखियो । त्यसपछि चिकित्सकले आइसियूमा राखेर उपचार गरिनुपर्ने बताए । तर, कोशीमा आइसियू खाली थिएन । चिकित्सकले निजी हस्पिटल जान भनेपछि उनलाई आफन्तले विराट टिचिङ हस्पिटल लैजाने सल्लाह गरे । विराट जाने सल्लाह अनुसार एम्बुलेन्स लिन कोशीको गेटमा गएका थिए । एम्बुलेन्सका चालक रहेकामध्ये एक जनालाई सोधे, ‘विराट मेडिकल कलेज थप उपचारको लागि जानु छ, कति कति हो भाडा हस्पिटलमा राम्रो र सस्तोमा उपचार हुन्छ, किन विराटमा जानु हस्पिटलमा पुगे । त्यसपछि उनको उपचार सुरु भयो । आन्द्रामा समस्या देखिएपछि श्री हस्पिटलका सर्जन डा.अरविन्द यादवले शल्यक्रिया गर्नुपर्ने बताएका थिए । आर्थिक अवस्था नाजुक रहेका टुडुको परिवारले उपचार खर्चबारे सोधीखोजी गरेको थियो । ‘अहिले उपचार गर्दैगर्नु, पछि मिलाएर गरौला’ भन्ने अस्पताल प्रशासनको कुरापछि छोराको उपचार सुरु गरेको बाबु सर्दु टुडुले बताए । साउन १ गते रञ्जितको पेटको शल्यक्रिया भएकोमा पाँच दिनपछि रञ्जितको उपचार खर्चको बिल हस्पिटलले थमायो । अस्पतालले ३ लाख २० हजारको बिल बनाएकोमा टुडु परिवारले १ लाख ४५ हजार रुपैयाँ बुझाएपनि थप रकम दिन सकेन । बनिबुतो गरेर गुजारा चलाउने सुकुम्बासी टुडु परिवारले पालेको चौपाया बिक्री र ऋण खोजेर १ लाख ४५ हजार बुझाएका हुन् । हस्पिटलले उपचार सकिएको भन्दै १ लाख ५० हजार र फार्मेशीले ५० हजार गरि थप २ लाख रुपैयाँ माग्दै आएको थियो । तर, उनीहरुसँग तिर्ने पैसा थिएन । ‘सस्तोमा उपचार हुन्छ भनेर आएको, एम्बुलेन्स चालकले फसायो । यत्रो पैसाँ कहाँबाट तिर्नु’ भन्दै टुडु हारगुहार गर्दै आफ्नो निर्वाचन क्षेत्रका सांसददेखि प्रमुख जिल्ला अधिकारीसम्म पुगे । छोराको उपचार खर्च मिनाहा गरिदिनुपर्यो भन्दै उनले हारगुहार गरेपछि साउन १० गते नै हस्पिटलले पैसाँ बुझाएर टुडुलाई घर लैजान भनेको थियो । तर, पैसा बुझाउन नसक्दा रञ्जितलाई घर जान दिएको थिएन । कतैबाट पार नलागेपछि टुडु परिवारले श्री हस्पिटलले छोरा बन्धक बनाएको भन्दै बुधबार दिउँसो नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए । त्यसको जानकारी पाएपछि हस्पिटलले २ लाख रुपैयाँ छुट गरिदियो ।
पत्रकार सम्मेलनको तयारीमा टुडुको परिवार संचारकर्मीलाई आफ्नो गुनासो सुनाउदै गर्दा अस्पतालबाट फोन आयो । ‘पत्रकार सम्मेलन नगर्नु, बाँकी पैसा तिर्न पर्दैन, विरामी लैजानु’ भन्दै अस्पताल प्रशासनले फोनमा भनेपछि रञ्जितका बाबु सर्दु छक्क परेका थिए । ‘छोरालाई घर जान दिने भएपछि अब पत्रकार सम्मेलन नगरौं होला हैन सर ?’ उनले भने । पत्रकार सम्मेलनमार्फत खोजेको न्याय पाएपछि पत्रकार सम्मेलन नगरी उनी फर्किए । एम्बुलेन्स चालकले विरामीलाई कमिसन पाउने लोभमा चर्को शुल्क लिने हस्पिटलमा पु¥याएको यो एउटा उदाहरण मात्र हो । एम्बुलेन्स चालकलाई पनि कमिसन दिनुपर्ने भएकैले श्रीले विरामीसँग चर्को शुल्क असुल्ने प्रयास गरेको थियो । तर, पत्रकार सम्मेलन भएर आफ्नो कर्तुत सार्वजनिक हुने भएपछि अस्पताल २ लाख रुपैयाँ छुट दिन तयार भयो । जुन छुट विरलै पाइन्छ । विराटनगरको श्री हस्पिटल मात्र हैन, गोल्डेन अस्पताल, ग्रिनक्रस हस्पिटल, सञ्जीवनी हस्पिटल, लाइफगार्ड अस्पताललगायतले एम्बुलेन्स चालकलाई आफ्नो हस्पिटलमा विरामी ल्याएबापत निश्चित रकम दिने गरेको एम्बुलेन्स चालकहरु नै बताउँछन् । एम्बुलेन्स चलाएर पाउने रकमले त परिवारको गुजारा नै चल्दैन’ एक चालकले भने, ‘जुन अस्पतालमा गएपनि विरामीको उपचार गराउने हो, हामीलाई पनि २÷४ हजार दिन्छ । त्यहि भएर लैजान्छौं ।’ विरामीले आफैं कुनै अस्पतालमा जान चाहेको अवस्थामा भने त्यहि अस्पतालमा विरामी लैजाने उनको दावी छ । स्रोतले दिएको जानकारी अनुसार श्रीसहितका हस्पिटलले आइयिूमा जाने विरामी एम्बुलेन्स चालकले ल्याएमा २० हजार रुपैयाँसम्म दिने गरेका छन् । जनरल वार्डमा राख्नुपर्ने विरामी आए उनीहरुको हकमा भने विरामीको कुल उपचार खर्चमध्ये २ देखि ५ प्रतिशतसम्म एम्बुलेन्स चालकलाई दिने गरेको स्रोतको दावी छ । चालकको हिसाब महिनाको अन्तिममा हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले विरामीलाई ठगी गरेको उजुरी परे कारवाही हुने बताए । ‘विरामी ठगीमा परेको भनेर प्रशासन कार्यालयमा उजुरी आए प्रहरीलाई भनेर हामी कारवाहीको दायारमा ल्याउनेछौं,’ उनले भने ।
एम्बुलेन्सलाई दिने गरेको कमिसनको विषयमा बुझ्न श्री हस्पिटलका प्रशासन प्रमुख सुनिल यादवलाई सम्पर्क गर्दा उनी सम्र्पकमा आउनै चाहेनन् ।
विराटनगर । विराटनगर–१० मा रहेको कान्तिपुर मावीले वार्षिकोत्सव कार्यक्रम र विदाई कार्यक्रम एकै पटक गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रमको आयोजना गरेर कान्तिपुरले वार्षिकोत्सव कार्यक्रमसँगै विदाई कार्यक्रम एकै पटक सम्पन्न गरेको हो । कान्तिपुरले...
काठमाडौं, ४ पुस । ‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । लामा विजयकुमार...
एजेन्सी, १६ कात्तिक । ब्राजिलमा कम्तीमा २५ जना बैंक लुटेरालाई गोली हानी मारिएको छ। आइतबार प्रहरी र लुटेराबीच भएको छुट्टाछुट्टै झडपमा परि कम्तीमा २५ जना लुटेरा मारिएका हुन्। माइनस गेरेइस प्रान्तको भर्गिन्हा शहरमा लुटेराहरुको समुह...
विराटनगर, चैत १५–‘लक डाउन’ का कारण भएको खाद्यान्न अभाव न्युनीकरण गर्न विराटनगर महानगरपालिकाले राहत कोषको स्थापना गरेको छ । महागरपालिकाले नगरक्षेत्रभित्रका अति विपन्न, गरिब तथा सुकुम्बासी परिवारहरुमा पर्न गएको खाद्यान्न अभाव न्यूनीकरण तथा व्यवस्थापन गर्न...
कोरोना भाइरस (कोभिड- १९) संक्रमण फैलिन नदिन भारतसँग सीमा जोडिएका प्रदेश ५ का ६ वटा जिल्लालाई पूर्ण रूपमा सिल गरिएको छ । मानिसको आवतजावत रोक्ने भारतसँग सीमा जोडिएका जिल्लाहरूलाई पूर्ण रूपमा सिल गरिएको हो ।...
विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा राईजिङ स्कुल र सरस्वती स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा राईजिङ स्कुलले...
काठमाडौं, २१ वैशाख-विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा...
एजेन्सी, १९ असार । बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । विवाहको १५ वर्षपछि उनीहरूले आपसी सहमतिमै सम्बन्ध तोड्ने निर्णय लिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । यी...