विराटनगर । विराटनगर–१० मा रहेको कान्तिपुर मावीले वार्षिकोत्सव कार्यक्रम र विदाई कार्यक्रम एकै पटक गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रमको आयोजना गरेर कान्तिपुरले वार्षिकोत्सव कार्यक्रमसँगै विदाई कार्यक्रम एकै पटक सम्पन्न गरेको हो । कान्तिपुरले कक्षा १२ को परिक्षामा सहभागि हुने करिव ७ सय विद्यार्थी तथा एइईमा सहभागि ३८ जना विद्यार्थीहरुलाई मायाको चिनो दिएर विदाई गरेको छ ।
कार्यक्रममा कान्तिपुरले आन्तरिक खेलकुद, हिसान खेलदकुद तथा आन्तरिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई समेत पुरस्कृत तथा सम्मान गरेको छ । कार्यक्रम दुई चरणमा गरेको कानितपुरले जनाएको छ । पहिलो चरणमा कलेजको र दोस्रो चरणका स्कूलको कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा स्कूल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुले उपस्ति अतिथि,शिक्षक, अविभावक तथा विद्यार्थीहरुलाई नृत्य,गित तथा संगितले मनोरञ्जन दिएका थिए ।
कान्तिपुर एजुकेशन फाउण्डेशनका अध्यक्ष खुशीराज श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परिक्षा बोर्ड कोशी प्रदेशका शाखा अधिकृत शालिग्राम दाहाल,हिसान मोरङका अध्यक्ष अमित ढकाल प्रिन्सिपल भुवन नेपाल,भाइस प्रिन्पिल देविलाल महतो, सञ्चालक शंकर काफ्ले, सञ्चालक प्रा.डा. तेजनारायण मण्डललगायतले बोलेका थिए ।
विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...
विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...
विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...
पत्रकारिताको नयाँ आयामको रुपमा न्युजबिराट डट कम उपस्थित भएको छ । जनताको सूचनाको हक स्थापित गर्ने र आवाजविहिनहरुको आवाज बलियो बनाउने उद्देश्यसहित हामी आएका हौं । सत्य र न्यायप्रतिको पक्षधरतासहितको स्वतन्त्र प्रत्रकारिता हाम्रो मिसन हो ।