राईजिङ र सरस्वती सेमिफाइनलमा प्रवेश

 न्यूज विराट
राईजिङ र सरस्वती सेमिफाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा राईजिङ स्कुल र सरस्वती स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश भएको छ ।

पहिलो खेलमा राईजिङ स्कुलले विकेभिएम स्कुललाई ५ रनले पराजित गरि सेमिफाइनलमा प्रवेश हो । टस जितेर ब्याटिङ गरेको राईजिङले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १९ रन बनाएको थियो । राइजिङका लागि प्लेयर अफ म्याच रेहान शेखले सर्वाधिक ३४ रनको योगदान दिए । विकेभिएमका जितेन्द्र यादवले २ विकेट लिए ।

१ सय २० रनको लक्ष्य पछ्याएको विकेभिएमले निर्धारित ओभर खेल्दै ८ विकेट गुमाई १ सय १४ मात्र बनायो । विकेभिएमका निखिल महतोले सर्वाधिक २० रनको योगदान दिए । राईजिङका रेहान शेखले २ विकेट लिए ।

दोस्रो खेलमा सरस्वती स्कुलले ग्रिनपिस स्कुललाई १ विकेटले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको ग्रिनपिसले निर्धारित २० ओभरको १९ ओभरमा सवै विकेट गुमाई ९० रन बनाएको थियो । ग्रिनपिसलागि मुर्सिद मन्सुरीले सर्वाधिक २६ रनको योगदान दिए । सरस्वतीका प्रसान्त यादवले २ विकेट लिए ।

९१ रनको लक्ष्य पछ्याएको सरस्वतीले १८ दशमलव २ बलमा ९ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । सरस्वतीका प्लेयर अफ म्याच विकाश कामतले सर्वाधिक ३५ रनको योगदान दिए । ग्रिनपिसका मुर्सिद आलमले–३ विकेट लिए ।

सम्बन्धित समाचार

३ हजारको थर्मल गन १५ हजारमा बेच्ने सुलभ थप ५ दिन थुनामै रहने

काठमाडौं, २ बैशाख-शंकर ग्रुपका निर्देशक सुलभ अग्रवाल थप ५ दिन थुनामा रहने भएका छन् । २५ चैत २०७६ मा तापक्रम नाप्‍ने 'थर्मल गन'मा कालोबजारी गरेको आरोपमा पक्राउ परेका उनी अहिले दरबारमार्ग प्रहरी कार्यालयको थुनामा रहेका...

प्रदेश १ मा १ लाखको पिसिआर परिक्षण

विराटनगर, २२ भदौ-प्रदेश १ मा १ लाख बढीको पीसीआर परीक्षण भएको छ । आज सम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार १ हजार ८६० जनाको परीक्षण भएको...

कैलालीमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ पुग्यो

धनगढी, १ वैशाख-कैलालीमा थप १ जना कोरोना संक्रमित भेटिएकी छन्। जिल्लाको लम्कीचुहा नगरपालिका– १ मा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेस्टमा नेगेटिभ देखिए पनि...

द्वन्द्वपीडितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर : मानवअधिकार आयोग

काठमाडौं, ४ मंसिर-राष्ट्रिय मानव अधिकार आयोगले द्वन्दपीडितहरूको न्यायप्राप्तिका अधिकार सुनिश्चित गर्न माग गरेको छ । विस्तृत शान्ति सम्झौतामार्फत द्वन्द्व अन्त्य भएको १४ वर्ष पुगेको स्मरण गराउँदै आयोगले त्यसबारेमा सरकारलाई त्यसबारेमा सचेत हुन आग्रह गरेको हो...

एकै दिन १८ हजारभन्दा बढीको परीक्षण, थपिए ४३६४ संक्रमित

काठमाडौं, २२ असोज-नेपालमा आज ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । १८ हजार ४ सय ७३ को पीसीआर गर्दा आज देशभर ४ हजार ३ सय ६४ जना संक्रमित थपिएका हुन् ।...

तेस्रो पटक सांसद चुनिए अमनलाल मोदी

विराटनगर । मोरङको क्षेत्र नं. ४ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । सार्वजनिक अन्तिम मतपरिणाम अनुसार मोदीले ३० हजार ६१२ मतका साथ बाजी मारेका छन् । उनका प्रतिस्पर्धी नेकपा...

विराटनगरमा साइकिल थन प्रतियोगिता हुने, विजेतालाई ३० हजार

विराटनगर । चौथो संस्करणको साइकिल थन प्रतियोगिता विराटनगरमा हुने भएको छ । रोटरी क्लब अफ विराटनगर फ्यिुजनको आयोजनामा विराटनगरमा साइकिल थन प्रतियोगिता हुने भएको हो । आयोजक संस्थाले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी चैत २५...

पीसीआर परीक्षण नगरेका सांसदले पाउने छैनन् संसदमा प्रवेश

काठमाडौं, २ जेठ-सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने दिन शुक्रबार सांसद मात्रै नभई २९ भन्दा बढी विशिष्ट तथा सरोकारवाला व्यक्ति पनि सदनको बैठकमा उपस्थित हुनेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी वर्षको नीति तथा कार्यक्रम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्