विराटनगर महानगरले स्थापना गर्यो ‘राहत कोष’

 न्यूज विराट
विराटनगर महानगरले स्थापना गर्यो ‘राहत कोष’

विराटनगर, चैत १५–‘लक डाउन’ का कारण भएको खाद्यान्न अभाव न्युनीकरण गर्न विराटनगर महानगरपालिकाले राहत कोषको स्थापना गरेको छ । महागरपालिकाले नगरक्षेत्रभित्रका अति विपन्न, गरिब तथा सुकुम्बासी परिवारहरुमा पर्न गएको खाद्यान्न अभाव न्यूनीकरण तथा व्यवस्थापन गर्न कोषको स्थापना गरेको हो ।

नगरक्षेत्रमा पर्न सक्ने संकटको व्यस्थापन गर्न उक्त राहत कोष स्थापना गरिएको विराटनगर महानगरका मेयर भीम पराजुलले जानकारी दिए । उनले उक्त कोषमा सहयोगीले रकम जम्मा गरिदिन पनि आग्रह गरेका छन् ।

महानगरले कृषि विकास बैंकमा स्थापना गरिएको राहत कोषको खाता नम्बर ०६०१६० ११४५ ९७३०४० सार्वजनिक गर्दै ईच्छुक दाताहरुलाई सहयोगका लागी आह्वान गरेको छ । दैनिक उपभोग्य सामाग्री तथा सहयोग उपलब्ध गराउन चाहने दाताहरुले महानगरको फोकल पर्शन राजेन्द्र प्रधानलाई फोन नम्बर ९८४२०३००११ मार्फत सम्पर्क गर्न सकिने महानगरले जनाएको छ ।

सम्बन्धित समाचार

२० बुँदे मागसहित मुक्ति समाज प्रदेश १ ले मुख्यमन्त्री राईलाई बुझायो ज्ञापनपत्र

विराटनगर, ७ माघ । नेकपा (एमाले) को जनबर्गीय संगठन नेपाल उत्पीडित जायीय मुक्ति समाज प्रदेश १ ले विभिन्न २० बुँदे मागसहित मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाएको छ । मुक्ति समाज प्रदेश १ ले शुक्रबार प्रदेश...

विराटनगरको कलश फर्माको सेवा चौबिसै घण्टा, डिडिएमा दर्ता भएका सबै औषधी पाइने

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको ‘कलश फर्मा’ले चौबिसै घण्टा सेवा विरामीलाई दिने भएको छ । गणेश थापाले संचालन गरेको उक्त औषधी पसलले विरामीलाई चौबिसै घण्टा सेवा दिने भएको हो । स्वास्थ्य उपचार गरेका विरामीहरुले...

प्रदेश १ को राजधानी विराटनगर ‘लक डाउन’

कोरोना संक्रमण सतर्कता अपनाउन विराटनगर महानगरपालिकामा मंगलबार बिहान १० बजेदेखि लागू हुनेगरी ’लकडाउन’ गरिने भएको छ । प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा अनिश्चितकालीन लकडाउनका समयमा कुनै पनि सार्वजनिक यातायात, निजी सवारी, सिटी, अटो, रिक्सा...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बात्ति बनाउने मेशिन वितरण

विराटनगर, ५ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बात्ति बनाउने मेशिन वितरण गरेको छ । रोटरी क्लब अफ विराटनगर डाउन टाउन र नेपाल महेश्वरी महिला संगठनको संयुक्त आयोजनामा तीनवटा बात्ति...

‘विद्युतीय सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालनमा प्रोत्साहन गर्नुपर्छ’

विराटनगर,२५ साउन । भारतीय अटो कम्पनी महेन्द्राद्वारा उत्पादित विद्युतीय थ्री ह्विलर ‘ट्रियो अटो’को आजदेखि रोयल अटो विराटनगरले यहाँ बिक्री वितरण शुभारम्भ गरेकोे छ। उक्त अटोले तीन घण्टा ३० सेकेण्डमा फुल चार्ज हुने व्याट्रीवाट प्रतिकिलोमिटर ९६...

भारतमा भुकम्पको झट्का

एजेन्सी, ६ साउन । भारतका अलग–अलग क्षेत्रमा बुधबार बिहान शक्तिशाली भुकम्पको झट्का महसूस गरिएको छ । राजस्थान, मेघालय तथा लद्दाखमा भूकम्प गएको हो । यी मध्ये राजस्थानको बीकानेरमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प मापन...

आज थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं, ३० वैशाख-आज नेपालमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको हो ।

रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान

विराटनगर । मोरङको रंगेलीमा भक्का दिवस मनाइएको छ । नगरपालिकाको आयोजनामा ७ औँ राष्ट्रिय भक्का दिवस मनाइएको हो । नगर परिसरमा आयोजित कार्यक्रममा भक्काको व्यापार गरेर जिविकोपार्जन गर्ने उद्यमी महिलाहरुलाई नगरपालिकाले सम्मान गरेको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्