आगलागी पीडीतको घर निर्माणका लागि ३ लाख ७५ हजार सहयोग

 न्यूज विराट
आगलागी पीडीतको घर निर्माणका लागि ३ लाख ७५ हजार सहयोग

विराटनगर । आगलागी पिडीतको घर निर्माणका लागि आर्थिक सहयोग गरेर नेकपा (एमाले) रंगेली नगर कमिटीले उदाहरणीय काम गरेको छ । रंगेली ३ स्थित बावुसाहेव टोलका आगलागी पिडीतको घर निर्माणका लागि ३ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेर एमालेले उदाहरणीय काम गरेको हो । 

बाबुसाहेव टोलका आगलागी पीडितको घर निर्माणका लागि सोही ठाउँमै पुगेर पार्टीको तर्फबाट अध्यक्ष दलबहादुर बस्नेतले रंगेली नगरपालिकाका मेयर दिलिप बगडीया र उपमेयर भूमा पराजुलीलाई सो रकम हस्तान्तरण गरे । 

रकम बुझ्दै मेयर बगडीयाले पीडित परिवारको घर निर्माणका लागि सहयोग गरेकोमा नेकपा (एमाले) रंगेली नगर कमिटीलाई धन्यवाद दिए । उनले विपदमा सवैले साथ र सहयोग गर्नुपर्ने समेत बताए । उनले एमालेले सहयोग गरेर जनताको समस्या र साथमा रहेको सावित गरेको बताउँदै अन्य पार्टी र संगठनहरुले पनि सहयोग गर्नुपर्ने बताए ।  उनले आगामी दशै वा तिहारको बिचमा निर्माण सम्पन्न गरि सवै परिवारलाई नयाँ घरमा प्रवेश गराउने प्रतिबद्धता समेत जनाए । 

नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य मनोज अग्रवालले आगलागी पिडीतको घर निर्माणका लागी पार्टी सदस्य, समर्थक एवम् शुभचिन्तकहरुबाट संकलित रकम हस्तान्तरण गरिएको बताए ।

आगलागीबाट विपस्थापित भएका विपन्न परिवारको घर पुनःनिर्माणका लागि  पार्टीको तर्फबाट संकलन गरिएको ३ लाख ६० हजार ३ सय बाबुसाहेब टोलमै पुगेर र पछि फेरी ५ नम्बर वडा कमिटी मार्फत संकलन गरिएको १५ हजार सहित कुल ३ लाख ७५ हजार रुपैयाँ रंगेली नगरपालिकालाई हस्तान्तरण गरिएको नेकपा (एमाले) रंगेली नगर कमिटी अध्यक्ष बस्नेतले जानकारी दिए । 

रकम हस्तान्तरण कार्यक्रममा मेयर बगडीयासहित नेकपा (एमाले) प्रदेश कमिटी सदस्य मनोज अग्रवाल, जिल्ला कमिटी उपसचिव सन्तोष साह, रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुली, रंगेली–८ का वडाध्यक्ष एवम् नगर प्रवक्ता ढक प्रसाद आचार्य, २ नम्बर वडाका वडाध्यक्ष सन्तलाल खवास, वडा नम्बर ३ का वडाध्यक्ष भरत प्रसाईँ, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा रंगेली इन्चार्ज इर्जालाल राजवंशी, हरी उप्रेती, पुनम सापकोटा, जितलाल मण्डल, नगर कमिटी अध्यक्ष दलबहादुर बस्नेतलगायतको उपस्थिती रहेको थियो ।

गत चैत ३ गते अति विपन्न सन्थाल जातीको बसोवास रहेको वावु साहेव टोलका २८ घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । उनीहरुको पुनस्र्थापनाका लागि घर निर्माण गर्न विभिन्न व्यक्ति/संस्था/निकायले सहयोग गर्ने क्रम जारी छ । 

हाल आगलागी भएको स्थानमा २२ घरपरिवारको घर निर्माण कार्य जारी छ । एउटा घर निर्माण सम्पन्न गर्न ६ लाख ५५ हजार रुपैयाँ लाग्ने रंगेली नगरपालिकाले जनाएको छ । 

सम्बन्धित समाचार

संकटलाई गम्भीरतापूर्वक नलिनु जनमतको अनादर : पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले जनभावनामा सरकार गम्भीर नभएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा निकै सक्रिय देखिएका शाहले सरकारले दैनिकी चलाउन नसकेर गाउँ फर्किन लागेकाे लस्करलाई उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाएका हुन् । 'दैनिक...

बिहीबारभन्दा आज ३०३ सक्रिय संक्रमित घटे

काठमाडौं, १९ मंसिर-देशभरमा बिहीबारभन्दा आज ३ सय ३ सक्रिय संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा १ हजार २ सय ७२ जना संक्रमित हुँदा १ हजार ५ सय ७५ जना संक्रमण मुक्त भएकाले सक्रिय संक्रमितको...

४७ जिल्लामा निषेधाज्ञा : स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको निर्देशन

काठमाडौं, ७ भदौ-गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ ।  कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम...

काेराेना उपचारपछि घर फर्किएका युवक पुनः अस्पताल भर्ना

जनकपुर, २१ वैशाख-साता दिनअघि कोरोना संक्रमण मुक्त भएको भन्दै घर फर्काएका रौतहटको इशनाथ नगरपालिकाका १९ वर्षीय युवक पुनः नारायणी अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले रौतहटका युवकमा थप...

नारायणीको सतहले पार गर्‍याे खतराको विन्दु

चितवन, ८ असोज-तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ ।  देवघाटमा रहेको नारायणी बेसिन...

मतपेटिका बोकेको गाडी दुर्घटना

रामेछाप । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटनामा परेको हो । ना ७ ख ३५०४...

विराटनगरमा जसपा ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण

विराटनगर, २३ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारीकता उपेन्द्र यादव समुहले पाएपछि जिल्ला तहमा पनि त्यसको असर परेको छ । यादवले आधिकारीकता पाएपछि महन्थ ठाकुर र राजेन्द्र महतो समुह अहिले मधेश दौडाहमा...

पूर्वमन्त्री पण्डितद्धारा ऋषिदेव समुदायको ‘दिनाभद्री’ सामुदायीक भवन शिलान्यास

विराटनगर, फागुन २–पूर्व संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री तथा मोरङ क्षेत्र नं. ६ का संघिय सांसद लालबाबु पण्डितले मोरङको बुढिगंगा गाउँपालिका–२ स्थित दिनाभद्री सामुदायीक भवनको शिलान्यास गरेका छन् । तराईको दलित समुदाय अन्तर्गत ऋषिदेव जातीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्