मौसम बद्ली : भोलि र पर्सि पानी पर्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

 न्यूज विराट
मौसम बद्ली : भोलि र पर्सि पानी पर्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौं, पुस १२ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् ।

आज पनि पारिलो घाम लाग्ने सम्भावना छैन । यो प्रणालीका कारण देशका धेरै ठाउँमा भोलि र पर्सि पानी पार्ने मौसमविद्ले बताएका छन् ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हिजैदेखि नेपालमा परेको छ ।

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको मौसम सामान्यदेखि पूर्ण बद्ली हुनेछ । आज तराईका जिल्लाका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले विशेष बुलेटिन निकालेर तराईका विभिन्न ठाउँमा आंशिकदेखि सामान्य बद्ली रही हल्का वर्षा हुने जनाएको हो ।

हिजोदेखि सुरु भएको यो प्रणाली भोलि र पर्सि देशभर फैलने र देशभरका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।यो प्रणालीको प्रभावका कारण उच्च पहाडी र हिमाली क्षेत्रका धेरैजसो ठाउँमा हिमपात हुने मौसमविद्ले बताएका छन् । मौसमविद्काअनुसार बिहीवारदेखि भने यो प्रणाली क्रमिक रुपमा कमजोर हुँदै जाने छ।

यस्तै, मौसमविद्ले चिसोका कारण पर्वतारोहण, हवाई/यातायात र दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College