२ जनामा कोरोना पुष्टि भएपछि टोखा क्षेत्र सिल - News Birat

२ जनामा कोरोना पुष्टि भएपछि टोखा क्षेत्र सिल

न्यूज विराट

काठमाडौं, १३ जेठ-टोखा नगरपालिकाका २ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त क्षेत्रलाई सिल गरिएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका-३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने २ पुरुषमा कोरोना संक्रमण देखिएपछि उक्त क्षेत्रलाई सिल गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीका अनुसार उपत्यकामा कोरोना संक्रमित देखिएसँगै गरपालिकाले आरडीटी र पीसीआर परिक्षणलाई तीव्रता दिएको थियो ।

टोखाले हालसम्म ८ सय भन्दा बढी व्यक्तिको आरडीटी गर्दा १३ व्यक्तिमा पोजिटिभ देखिएपछि उनीहरूलाई पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।जसमध्ये आइतबार २ जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles