
गत २४ घण्टामा ७ सय ७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ६ हजार ५ सय ८८ को पीसीआर गर्दा ७ सय ७६ जनामा कोरोना पुष्टि भएको हो । बुधबार पनि यही संख्यामा संक्रमित भेटिएका थिए ।
योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।त्यस्तै, बिहीबार ९ सय ४७ जना संक्रमणमुक्त भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३ सय ६३ पुगेको छ । आज ६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४९ पुगेको छ ।