रणनीतिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सकियो, असोज २ कृषि एक्स्पो गर्ने तयारी

 न्यूज विराट
रणनीतिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सकियो, असोज २ कृषि एक्स्पो गर्ने तयारी

विराटनगर । प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघहरूलाई रणनीतिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा आध्यन्त फन्ड म्यानेजमेन्ट लि. र नेपाल कृषि बजार विकास कार्यक्रम (सहज)को सहकार्यमा उक्त कार्यशाला गोष्ठी भएको हो ।

महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रणनीतिक योजना निर्माणको लागि प्रदेशका उद्योग वाणिज्य संघहरूको क्षमता अभिवृद्धि गर्न महासंघ कोशीले कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष राउतले विश्वव्यापीकरण र प्रविधिको विस्तारले औद्योगिक संघ संस्थाहरूको राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा सघन विस्तार भइरहेको अवस्थामा रणनीतिक योजनाको आवश्यकता महशुस गरी महासंघले यो कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा आध्यान्त फन्ड म्यानेजमेन्टका सहजकर्ता दिलीप गुरुङ र निश्चल सिंह भण्डारीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा व्यापार सहजीकरण सेवा सम्बन्धि कार्यशाला पनि संचालन गरिएको थियो । कार्यशाला गोष्ठीमा संगठनको सांगठनिक संरचना र व्यापार सहजीकरणमा समुहगत रुपमा छलफल गरिएको थियो । छलफलमा भागलिदै दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले प्रविधिमैत्री जनशक्ति र उद्यमशीलतालाई रणनीतिले प्राथमिकतामा राख्नुपर्ने बताए । गौरादह उद्योग वाणिज्य संघका जीतबहादुर कार्कीले महासंघ कोशी प्रदेश सम्पूर्ण उद्योग वाणिज्य संघहरुको छाता संगठनको रुपमा रहनुपर्ने बताउदै व्यापार सहजीकरण सेवा पनि महासंघ कोशीबाटै संचालन हुनुपर्ने बताए । उद्योग संगठन मोरंगका उपाध्यक्ष भोलेश्वर दुलालले व्यवसायीक रणनीति निर्माण गर्दा अरुभन्दा फरक ढंगले गर्न सकिए सफलता प्राप्त गर्न सकिने बताए । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले संस्थागत रणनीति निर्माण गर्दा व्यवस्थित सचिवालय, हेल्प डेस्क, तथा तथ्यांकहरुलाई प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने बताए । सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले रणनीति निर्माण गर्दा नवप्रवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । कार्यक्रममा निवर्तमान अध्यक्ष टिकाराज ढकालले चिया र यसको वर्तमान व्यवसायिक अवस्थाको बारेमा जानकारी गराए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पाँचौ कार्यसमिति बैठक अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा बसी अहिलेसम्म संचालन गरिएका कार्यक्रमहरुको बारेमा समिक्षा गरिएको थियो भने आगामी असोज २ देखि ६ गते सम्म कटहरी, मोरंगमा रहेको कृषि बजारमा कृषि एक्स्पोको आयोजना गर्ने निर्णय गरिएको थियो ।
कार्यसमितिको बैठक पश्चात भएको रणनीतिक योजना कार्यशाला गोष्ठीमा कोशी प्रदेश अन्तरगतका जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु गरी ५० जनाको सहभागिता रहेको थियो । रणनीतिक योजना कार्यशाला गोष्ठि असार ८ गते सम्म संचालन गरिने छ ।

सम्बन्धित समाचार

प्रदेश १, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज ३ । आज राति मुलुकका केही स्थानमा भारी वर्षाको संभावना रहेको भन्दै सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, बाग्मती र गण्डकीका केही स्थान...

आज विराटनगरमा एकैदिन २७६ जनामा कोरोना संक्रमण

विराटनगर, १० माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २८३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा...

मोरङ कारागारमा खेलकुद प्रतियोगिता

विराटनगर । विराटनगरस्थित मोरङ जिल्ला कारागारमा कैद भुक्ता गर्दै आएका कैदीबन्दीहरुबीच खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । कारागार भित्र बुधबार कैदीबन्दीहरुबीच खेलकुद प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा आधा दर्जन बढी खेलहरु समावेश गरिएको थियो...

भारत लैजान लागेको ६ जना बालकको उद्धार

विराटनगर । भारत लैजान लागेको ६ जना बालकको सीमा क्षेत्रबाट उद्धार गरिएको छ । भारतको लखनाउमा खेतबारीमा काम लगाउने भन्दै बालश्रमिकको रुपमा लैजान लागेको अवस्थामा सुनसरीको इटहरी घर भएका ६ जना बालकहरुलाई साना हात नामक...

हुलाकी सडक निर्माणमा मेयर कोइरालाको चासो

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडक निर्माणमा चासो देखाएका छन् । विराटनगर–५ स्थित गणेशचोक–केशलिया खण्डमा पर्ने हुलाकी सडक निर्माणमा विलम्ब हुँदा स्थानीयलाई सास्ती भएको भन्दै मेयर कोइरालाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण...

सिरहामा ‘फुड बैंक’ स्थापना

सिरहा,  ११ भदौ-सिरहामा जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सदरमुकाम राजविराजमा ‘फुड बैंक’ स्थापना गरिएको छ । सिरहा युनाईटेड संस्थामा आवद्ध युवाले ‘फुड बैंक’ स्थापना गरी सामाजिक सञ्जाल फेसबुकमार्फत...

प्रदेश २ मा आज ३८३ नयाँ संक्रमित थपिए

जनकपुर, ३ भदौ-प्रदेश २ मा थप ३ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७ जना महिलासहित ३८३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै...

आफ्नो स्वार्थका लागि जे पनि गर्ने प्रचण्डको धोति फेरि खुस्कियोः महेश बस्नेत

काठमाडौँ, माघ २३ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद महेश बस्नेतले आफ्नो स्वार्थका लागि रास्ट्रघात र अपराध जे पनि गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको धोति फेरि एक पटक खुस्किएको बताउनुभयो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्