सिरहामा ‘फुड बैंक’ स्थापना - News Birat

सिरहामा ‘फुड बैंक’ स्थापना

न्यूज विराट
सिरहा,  ११ भदौ-सिरहामा जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सदरमुकाम राजविराजमा ‘फुड बैंक’ स्थापना गरिएको छ । सिरहा युनाईटेड संस्थामा आवद्ध युवाले ‘फुड बैंक’ स्थापना गरी सामाजिक सञ्जाल फेसबुकमार्फत खाद्यन्न सङ्कलन गरिरहेका छन् ।

‘चाहियो भने लिएर जानुस्, नभए दिएर जानुस्’ भने नाराका साथ युवाले स्थापना गरेको ‘फुड बैंक’ बाट दैनिक १० र १२ सम्मले खाद्यन्नलगायत सामानले लिएर जाने गरेको सिरहा युनाइटेडका रोशन गुप्ताले जानकारी दिए ।

लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका विपन्न र मजदुर परिवालाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले ‘फुड बैंक’ स्थापना गरिएको गुप्ताले बताए । रासस

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles