राशिफल

आफ्नो स्वार्थका लागि जे पनि गर्ने प्रचण्डको धोति फेरि खुस्कियोः महेश बस्नेत

 न्यूज विराट
आफ्नो स्वार्थका लागि जे पनि गर्ने प्रचण्डको धोति फेरि खुस्कियोः महेश बस्नेत

काठमाडौँ, माघ २३ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद महेश बस्नेतले आफ्नो स्वार्थका लागि रास्ट्रघात र अपराध जे पनि गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको धोति फेरि एक पटक खुस्किएको बताउनुभयो । सामाजिक सञ्जालमा टिप्पणी राख्दै उहाँले यस्तो बताउनुभएको हो ।

बस्नेतको यस्तो टिप्पणी गर्नुभएको छ, ‘नेपालको राजनीतिज्ञ मध्य दोहोरो चरित्र भएका नेता पुष्पकमल दहाल प्रचण्डको एम सी सी परियोजनाका सन्दर्भमा फेरी एक पटक धोति फुस्किएको छ्। राजनीतिमा कलाकारिता मिसाउन र आफ्नो स्वार्थ प्राप्तिको लागी रास्ट्रघात, भ्रष्टाचार र अपराध जे पनि गर्न तयार च्याँखे दाउबाट आफ्नो अभिष्ट पुरा गराउन खोज्ने प्रचण्ड तीनका मतियार माकुनेहरुलाई बेलैमा चिन्दै नंग्याउनु परेको छ्। एमाओबादी र नेकपा एसका इमान्दार कार्यकर्तालाई नेकपा, ( एमाले) प्रबेश गराउदै आगामी तिनै तहको निर्वाचनमा एमालेको बहुमत ल्याउने आधार निर्माण गरौं।’

सम्बन्धित समाचार

स्प्रेडदरलाई ३.५ प्रतिशत कायम गर्न उद्योगीको माग

विराटनगर । विराटनगरका ठूला तीन उद्योग व्यवसायीका संघ संगठनले देशमा देखिएको अर्थतन्त्रको संकट हल गर्न राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति संशोधन गर्न माग गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले विभिन्न ६...

मेरिल्याण्डका प्रिन्सिपल ढकाल हिसान प्रदेश १ को सदस्यमा मनोनित

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका छन् । विराटनगरमा बसेको हिसानको बैठकले ढकाललाई हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका हुन् । बैठक बसेर...

विराट एक्स्पोको तयारी पुरा, मंसिर २९ गतेबाट विराटनगरमा कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुन लागेको सातौं विराट एक्स्पोको तयारी लगभग पूरा भएको छ ।मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको...

तेस्रो प्रयासमा गच्छदारलाई हराउँदै भगवती चौधरीको संसद्‍ यात्रा

विराटनगर । सुनसरीको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा एमालेकी उम्मेदवार भगवती चौधरी विजयी भएकी छिन् । उनले काँग्रेसका नेता विजय गच्छदारलाई हराउँदै प्रतितिनिधि सभामा विजयी भएकी हुन् । २०७० सालको संविधानसभा निर्वाचन र...