प्रदेश २ मा आज ३८३ नयाँ संक्रमित थपिए

 न्यूज विराट
प्रदेश २ मा आज ३८३ नयाँ संक्रमित थपिए

जनकपुर, ३ भदौ-प्रदेश २ मा थप ३ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७ जना महिलासहित ३८३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार ८८३ पुगेको छ । बुधबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी पर्साका छन् । पर्सामा १ सय ९६, सर्लाहीमा ८९, रौतहटमा ३७, धनुषामा २७, बारामा २४, महोत्तरीमा ७ र सप्तरीमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका जनस्वासथ्य प्रशासक विजय झाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा यो प्रदेशमा उपचारपश्चात १२ जना महिलासहित ८६ जना उपचारपछि कोरोना जितेर डिस्चार्ज भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा १ महिलासहित ३ जनाको मृत्यु भएको उनले बताए । मृत्यु हुनेहरूमा पर्सा जिल्लाका ६० र ८२ वर्षका २ पुरुष र ४० वर्षीया १ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । यससँगै प्रदेश २ मा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

सम्बन्धित समाचार

उच्च जोखिम, न्यून सतर्कता

भारतको विहारमै कोरोनाबाट मानिसको ज्यान गएपछि थप सतर्कता अपनाउनुपर्ने प्रदेश २ को सीमा नाकामा भने हेल्चक्र्याइँ रोकिएको छैन। थोरै जनशक्ति, सीमित स्वास्थ्य उपकरण र एउटै टोली दिनभर सीमामा खटिनुपर्ने बाध्यताले पनि सीमाबाट कोरोना भित्रिने जोखिम...

इजरायल, यूएई र बहराइनबीच ‘ऐतिहासिक’ सम्झौता

एजेन्सी, ३१ भदौ-संयुक्त अरब इमिरेड्स (युएई) र बहराइनले ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘नयाँ मध्यपूर्वको मिरमिरे बिहानी’ भनेका छन् । इजरायलसँग सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी...

प्रदेश १ आज ३ संक्रमित थपिए, २२ जना डिस्चार्ज

विराटनगर, असार २८–प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुषरहेका छन् । वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमाउपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज...

दलित समुदायमाथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयनमा जोड

विराटनगर, १८ फागुन । दलित समुदाय माथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयन हुनुपर्नेमा एक कार्यक्रमका सहभागि वक्तहरुले जोड दिएका छन् । मानव अधिकारका लागि श्रोत विकास मञ्च (रिडेफ) नेपालले विराटनगरमा बुधबार आयोजना गरेको दलितका संवैधानिक,...

मेरील्याण्डमा विद्यार्थीको आकर्षण, नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । व्यवस्थापन संकाय मात्रै पढाई हुने एक मात्र कलेज विराटनगर– ७ रंगेलीरोडस्थित मेरील्याण्ड कलेजमा विद्यार्थीको आकर्षण देखिएको छ ।गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको...

स्थानीय चुनाव : ६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी

स्थानीय तह सदस्य निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । ७ सय ५३ वटा स्थानीय...

चौरजहारी घटनाको छानबिन गर्न सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति

काठमाडौं, १३ जेठ-सरकारले चौरजहारी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति बनाएको छ । रूकुम पश्चिमको चौरजहारी नगरपालिका-८ मा गत शनिबार भएको घटनामाथि छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको गृहमन्त्री रामबहादुर थापाले बताएका हुन् ।...

कृषि एक्स्पोको तयारी पुरा, पाँच ब्लकमा १३० वटा स्टल रहने

विराटनगर । प्रदेशमै पहिलो पटक कृषि एक्स्पो २०८१ हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भदौ २७ देखि ३० गते सम्म कटहरी कृषि थोक बजारमा एक्स्पो हुने भएको हो ।एक्स्पोको सम्पूर्ण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्