ताप्लेजुङमा पहिरोमा परी एकै परिवारको चार जनाको मृत्यु, दुई जना घाइते

 न्यूज विराट
ताप्लेजुङमा पहिरोमा परी एकै परिवारको चार जनाको मृत्यु, दुई जना घाइते

विराटनगर । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिम टिन्जामा बिहीबार राति गएको पहिरोमा परी एकै घरका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी रवि रावलका अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्राका बुबा, कान्छीआमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ७० वर्षीय रामबहादुर साम्रा, उनकी ४८ वर्षीय श्रीमती जसमाया लिम्बू छिन् । त्यस्तै उनीहरूका १० वर्षका जुम्ल्याहा छोरीहरू गंगा र जमुनाको पनि पहिरोमा परी मृत्यु भएको छ ।

राति सुतिरहेका बेला माथिबाट खसेको पहिरोमा उनीहरू पहिरोमा पुरिएका हुन् । सिंवा प्रहरी चौकी र मित्लुङ हाइड्रोपावरमा रहेको खटिएको नेपाली सेनाको टोलीसहित स्थानीयले पहिरोबाट शव निकालेको डीएसपी रावलले जानकारी दिए ।

त्यस्तै खेजेनिम मावि छेउमा गएको अर्को पहिरोमा परी ४० वर्षीय युगेन साम्रा र उनका तीन वर्षीया छोरी घाइते भएको नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले जनाएको छ । रेडक्रस सभापति इन्द्र गुरुङका अनुसार पहिरोले युगेनको घरमा क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कमल लुंगेलीको थप टोली परिचालन गरिएको डीएसपी रावलले जानकारी दिए । अहिले सदरमुकाम फुङलिङसहित जिल्लाका धेरै ठाउामा वर्षा भइरहेको छ ।

सम्बन्धित समाचार

विराटनगरको खाद्य प्रविधिको ल्याबले पायो अन्तर्राष्ट्रिय मान्यता

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको ल्याबले गरेको खाद्यबस्तुको परीक्षण रिपोर्ट अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गरेको छ ।प्रयोगशालालाई मान्यता दिने अन्तर्राष्ट्रिय संस्था भारतको एनएबीएल (नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ्ग एण्ड क्यालिब्रेशन ल्याब्रोटोरी)...

विराटनगरमा २७ सहित प्रदेश १ मा २६८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विराटनगर, २० माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६८ जनामा कोरोना संक्रमण भएको छ । ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

कटहरी गाउँपालिकाद्धारा ट्राफिक प्रहरीलाई व्रेथलाइजर मेशिन हस्तान्तरण

विराटनगर । मोरङको कटहरी गाउपालिकाले जिल्ला ट्रफिक कार्यालय मोरङलाई आज एकथान व्रेथलाइजर मेशिन हस्तान्तरण गरेको छ । मादक पर्दाथ सेवन मापसे चेकजाचमा प्रयोग हुने व्रथलाइजर मेशिन पालिकाले हस्तान्तरण गरेको हो ।गाउपालिकामा एक कार्यक्रमको आयोजना गरि...

प्रदेश १ मा २५ जेठदेखि ७० हजारलाई भेरोसेल खोप लगाइने, भोलिसम्म सवै जिल्लामा खोप पुग्ने

विराटनगर, २३ जेठ । प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाईने भएको हो । ६० देखि ६४ वर्ष उमेर समूहका...

कर्णाली प्रदेशमा एक सातामै १३ हजार छिरे

सुर्खेत, १४ जेठ-यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ । प्रदेश नं. ५ को जमुनाह र सुदूरपश्चिम प्रदेशको गड्डाचौकी,...

वुहान प्रयोगशालाबाट कोरोना फैलिएको प्रमाण मसँग छ : ट्रम्प

एजेन्सी, बैशाख १९-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको वुहानबाट कोरोना भाइरस फैलिएको आफूसँग प्रमाण रहेको दाबी गरेका छन् ।गुप्तचर एजेन्सीले कोरोना भाइरस जानीबुझी बनाएको नदेखिएको बताएकै दिन ट्रम्पले भने आफूसँग कोरोना भाइरस पैदा गरेको प्रमण रहेको...

अमरेशलाई कारबाही नगरे हामी नै राजीनामा दिन्छौँ भन्दै सर्लाहीबाट देउवालाई १२ नेताको चिट्ठी

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अमरेशकुमार सिंहलाई कारबाहीकाे माग गर्दै उनकाे गृह जिल्ला सर्लाहीका १२ जना कांग्रेसीले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई पत्र पठाएका छन् । सर्लाहीका प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंह, उपेन्द्रप्रसाद कुशवाहालगायतका नेताले हिजाे बिहीबार पत्र...

प्रदेश १ मा १ वर्षमा मानवअधिकार उल्लंघनका ८ सय ५२ घटना

विराटनगर, फागुन ८–प्रदेश १ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना बढेको पाइएको छ । सन् २०१९ मा मात्र प्रदेश १ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा ८ सय ५२ जना पीडित भएका छन् । प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्