कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

 न्यूज विराट
कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवती र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक पुरुषको मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महोत्तरीको बर्दिवास–२ की २२  वर्षीया युवतीको आइतबार बिहान २ बजेर ५० मिनेटमा मृत्यु भएको हो । उनको पीसीआर परीक्षण गराउँदा २ मंसिरमा कोरोना पोजिटिभ देखिएपछि आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएसँगै उपचारका लागि भर्ना भएकी उनलाई जनकपुर सिटी अस्पतालले थप उपचारका लागि प्रतिष्ठान रेफर गरेको प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै विराटनागरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमणकै कारण मोरङको उर्लाबारीका एक पुरुषको गएराति मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा शनिबारराति उर्लाबारी नगरपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पेट दुख्ने, वान्ता हुने, ज्वरो आउने, छात्ती दुख्ने लगायतका समस्या देखिएपछि ४ मंसिरमा मृतक पुरुषलाई अस्पताल भर्ना गरिएको थियो । उनको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा ५ मंसिरमा रिपोर्ट पोजिटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरिएका पुरुषको उपचारका क्रममा शनिबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन सय ७० पुगेको छ । जसमध्ये चार महिला र २३ पुरुष प्रदेश १ बाहिरका रहेका छन् ।

सम्बन्धित समाचार

श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने पक्राउ

जनकपुरधाम, २९ कात्तिक-जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा आज बिहान श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० घर भई हाल वडा नंं ७ जानकीनगरमा बस्ने सञ्जीव...

रतुवामाईमा राजवंशी विकास समितिको भवन निमार्ण कार्य सुरु

विराटनगर, जेठ १८–मोरङको रतुवामाई नगरपालिका–४ स्थित झुर्किया बजारमा राजवंशी समाज विकास समितिको नगर सभाहल भवन निमार्ण हुने भएको छ । नेपाल सरको तराई मधेश समृद्धि कार्यक्रम मार्फत बहुबर्षीय योजनामा अन्तर्गत भवन निर्माण हुन लागेको हो...

कालिकोट दुर्घटना : २२ जनाको सकुशल उद्धार, ६ जना अझै बेपत्ता

सुर्खेत, २८ जेठ-कालिकोटको लालीघाटमा भएको टिपर दुर्घटनामा २२ जनाको सकुशल उद्धार गरिएको छ । बुधबार बिहान ३९ जना सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । उक्त घटनामा...

तीन दिनभित्र तेक्वान्दो खेलको प्रशिक्षक नियुक्त हुन्छ : सदस्य सचिव वाग्ले

विराटनगर । खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्लेले आइटिएफ तेक्वान्दो खेलको प्रशिक्षक तीन दिन भित्रमा नियुक्त गर्ने बताएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता बोल्दै...

यी हुन नेकपा (एमाले) मोरङको ९ औँ अधिवेशनबाट सर्वसम्म निर्वाचित पदाधिकारी तथा सदस्य

विराटनगर, २९ पुस । एमाले मोरङको नौ जिल्ला अधिवेशनबाट छनौट भएका जिल्ला सदस्यहरुको नामवाली बुधबार सार्वजानिक गरिएको छ । अधिवेशनको हलबाट पदाधिकारी सर्वसम्मत भएपनि बाँकी जिल्ला सदस्यहरुको नाम टुङ्गो लाग्न सकेको थिएन । तर मनोनय...

सोमबारदेखि परेको अविरल वर्षाका कारण इटहरी डुबानमा

विराटनगर, २ कात्तिक । सोमबारदेखि परेको अविरल वर्षाका कारण इटहरी डुबानमा परेको छ । इटहरीस्थित बिभिन्न खोलाहरूमा आएको बाढीका कारण शहरदेखि भित्री गाउँसम्म डुबानमा परेको हो । वर्षाका कारण इटहरीका अधिकांश भूभागहरू जलमग्न बनेका छन्...

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो

एजेन्सी, असार ९-भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ सय १२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको हो । त्यस्तै, त्यहाँ अहिलेसम्म...

प्रदेश १ मा सोमबार ४२ संक्रमित थपिए

विराटनगर, २६ साउन–प्रदेश १ मा सोमबार एकै दिन ९९ जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज हुनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ६८ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २९ जना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्