आज अपरान्हपछि माैसममा क्रमिक सुधार, भाेलिदेखि घाम लाग्ने - News Birat

आज अपरान्हपछि माैसममा क्रमिक सुधार, भाेलिदेखि घाम लाग्ने

न्यूज विराट

काठमाडौं, २२ माघ । देशभर आज पनि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि दिउँसाेदेखि भने माैसममा क्रमश: सुधार हुँदै जानेछ ।

माैसमविद् प्रतिभा मानन्धरका अनुसार आज अपरान्हपछि माैसममा क्रमिक सुधार भएर भाेलिदेखि घाम लाग्ने सम्भावना छ । तर, दुई दिनसम्म परेकाे वर्षाका कारण आकाश खुल्ने हुँदा बिहानीपख चिसाे भने बढ्न सक्ने उनले बताइन् ।

‘आज अपरान्हपछि माैसममा सुधार आउने देखिन्छ । भाेलिदेखि माैसम घमाइलाे हुन्छ तर भाेलि बिहान चिसाे बढ्न सक्छ’, उनले भनिन्, ‘लगातारकाे वर्षाले आकाश खुला हुँदा तापक्रम घटेर चिसाे धेरै महसुस हुने सम्भावना रहन्छ ।

उनका अनुसार आज दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । अरु प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुने पूर्वानुमान छ ।

देशका पूर्वी तथा मध्य भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ । आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles