केही नयाँ कार्यक्रम राखेर सन्तुलित बजेट आयो : अध्यक्ष राजेन्द्र राउत

 न्यूज विराट
केही नयाँ कार्यक्रम राखेर सन्तुलित बजेट आयो : अध्यक्ष राजेन्द्र राउत

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले केही नयाँ कार्यक्रम राखेर सन्तुलित तरीकाको आगमी आर्थिक वर्षको लागि बजेट आएको बताएका छन् ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षका लागि बजेट प्रस्तुत गरेपछि त्यसमाथि प्रतिक्रिया दिँदै अध्यक्ष राउतले सवै कुरा समेट्ने कोसिस गरिएको भए पनि बजेटमा केही नयाँ र राम्रा कार्यक्रमहरु आएको बताएका हुन् ।

‘बजेटको आकार गतवर्षभन्दा बढाईएको छ । जवकी गत वर्ष विनियोजन गरेको बजेट नै खर्च हुन सकेको छैन । अर्कोतर्फ लक्ष्य अनुरुप राजश्व संकलन हुन नसकेर बजेटको आकार घटाइएको छ । तैपनि बजेटमा गरिएका केहि प्रावधानहरु सकारात्मक देखिएका छन्,’ अध्यक्ष राउतले भने, ‘अहिलेनै पुरै अध्ययन नगरी सवै कुराको प्रतिक्रिया दिन गाह्रो छ ।’

कृषि लगानीमा १० दशक घोषणा कार्यक्रम, आर्थिक सुधार सुझाव आयोग, आइटीको विकासमा स्वदेशी सफट्वेयरलाई प्राथमिकता दिने, पर्यटकीय गन्तव्यको प्रोफाइल तयार पारिने, जनकपुरलाई वैडिंग हव बनाउने कुरा राम्रो रहेको उनले बताए ।
यसैगरी स्टार्टअपको बोर्ड गठन र १ अर्वको कोष खडा गर्ने, विराटनगरमा क्रिकेट रंगशाला निर्माणलाई गौरवको आयोजनामा राख्ने कार्यक्रम राम्रो रहेको उनले बताए । उधारो कानून सम्वन्धी निर्माण गर्ने, २०८१– ८२ लाई आर्थिक सुधार वर्ष घोषणा गर्ने, आलु प्याज लगायत कृषि वस्तुमा मुअकर खारेज गर्ने र स्वदेशी उद्योगको संरक्षण गर्न केहि तयारी वस्तुको पैठारी महसूल र अन्तःशुल्क वृद्धि गरिने सकारात्मक देखिएको उनले बताए ।

सम्बन्धित समाचार

६८ फर्मको जरिमाना ४० लाख रुपैयाँ

काठमाडौं,  १७ भदौ-वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट ४० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । विभागले १ भदौदेखि १५ गतेसम्म बजार अनुगमनका क्रममा अनैतिक क्रियाकलाप गर्ने पसललाई कारावाहीस्वरुप जरिमाना गर्दा १५...

उपत्यकामा आज अहिलेसम्मकै बढी संक्रमित थपिए

काठमाडौं, ३२ साउन–आइतबार काठमाडौं उपत्यकामा थप १७२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण...

स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक...

आज फेरि बढ्यो अमेरिकी डलरको भाउ

काठमाडौं, बैशाख १३-आज शनिबार अमेरिकी डलरसहित केही मुलुकहरूको विनिमयदर बढेको छ । शुक्रबार अमेरिकी डलरको खरिददर १२१ रूपैयाँ ४२ पैसा र बिक्रिदर १२२ रूपैयाँ २ पैसा थियो भने आज शनिबार एकको खरिददर १२२ रुपैयाँ ३...

दलित जनअघिकार मञ्चाद्वारा राहत वितरण

विराटनगर, जेठ ३२–इटहरी क्षेत्रमा बसोबास गर्ने सुनचाँदी कालिगढ मजदुरहरुलाई राहत वितरण गरिएको छ । दलित जनअधिकार मञ्च र साथी फाउण्डेसनले अखिल नेपाल सुनचाँदी कालीगढ संघ इटहरीसँगको सहकार्यमा सो क्षेत्रमा बसोबास गर्ने १ सय ९ सुनचाँदी...

धरान उपमहानगरमा ‘लौरो’ चिन्हका राईको अग्रता, पछ्याउँदै गठबन्धनका उम्मेदवार

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा ‘लौरो’ चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार हर्क राईले अग्रता लिएका छन् । केही बेरअघि सार्वजनिक मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार राईले ८ हजार ५ सय ९ मत प्राप्त गर्दै अग्रता...

अमेरिका र क्यानडाबीचको सीमा अझै एक महिना बन्द

एजन्सी, बैशाख ७संयुक्त राज्य अमेरिका र क्यानडाबीचको सीमा अझै एक महिना बन्द हुने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडाले दुई देशबीचको सीमा अझै एक महिना बन्द रहने जानकारी दिएका हुन् । कोरोना भाइरस संक्रमण...

पर्यटन प्रवद्र्धनका लागि विराटनगरबाट मोटर र्याली निकालिने

विराटनगर, ६ चैत । प्रदेश १ को आन्तरिक पर्यटन प्रवर्धनका लागि आठ सय किलोमिटरको मोटर ¥याली निकालिने भएको छ। नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको आयोजनामा चैत १२ गते विराटनगरबाट सुरु हुने मोटर¥याली चैत १४...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्