विद्युत्‌भार कटौतीको अन्त्य सरकारकै योजनामा : कुलमान घिसिङ

 न्यूज विराट
विद्युत्‌भार कटौतीको अन्त्य सरकारकै योजनामा : कुलमान घिसिङ

काठमाडौं, ११ भदौ-नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको स्पष्ट मार्गनिर्देशनका आधारमा विद्युत्भार कटौतीको अन्त्यलगायत प्रशासनिक सुधारको काम गरेको स्पष्ट पारेका छन् ।

उनले विद्युत्भार कटौतीको अन्त्य आफ्नो व्यक्तिगत प्रयासबाट मात्र सम्भव नभएको र त्यसमा सरकारको नीति, निर्देशन तथा कार्यादेशले काम गरेको बताएका छन् । घिसिङले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्युत्भार कटौतीको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी संस्था बनाउन प्रधानमन्त्री र ऊर्जामन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारी नै हुन् ।’

उनले आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एक व्यक्तिको प्रयासबाट मात्रै विद्युत्भार कटौतीको अन्त्य गरी संस्थालाई मुनाफामा लैजानेलगायतका उपलब्धी हासिल गर्न सम्भव नभएको विज्ञप्तिमा उल्लेख गरेका छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई ४ वर्षका लागि नियुक्त गरेको थियो ।

कार्यकारी निर्देशक घिसिङले अर्को कार्यकालका लागि पुनः नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री ओली  र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पुनलाई जोडेर विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति गुनासो गरेका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो गलत अकाउण्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।

उनले आफ्नो अर्को कार्यकालको पुनःनियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र आफुलाई जोडेर आधारहिन तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिन अनुरोध गरेका छन् । प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धी हासिल भएको घिसिङले जारी गरेको  विज्ञप्तिमा उल्लेख छ ।

सबै नेपालीको घरमा उज्यालो पुर्‍याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्न निरन्तर क्रियाशिल रहेको समेत उनको भनाइ छ ।

उनले प्रभावकारी सेवा सञ्चालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाइजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको सेयरधनी कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने, ठूला जलविद्युत तथा प्रसारण लाईन आयोजनाको निर्माण गर्नेलगायतका नेपाल सरकारका नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको समेत उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

कोरोना रोकथाम तथा नियन्त्रणका लागि मुख्यमन्त्री राईको सक्रियता बढ्यो

विराटनगर, साउन २७–प्रदेश नं का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि थप चाल्नु पर्ने कदमहरुका बारेमा आज सरोकारवाला पक्षहरुसँग भर्चुअल बैठक गरेका छन् । बैठकमा प्रदेशका मन्त्री सहित स्वास्थ्य क्षेत्रका विज्ञ...

झापामा मौलायो तस्करी, यी नाकाबाट खुलेआम भित्रिन्छ लत्ताकपडा (भिडियोसहित)

झापा । प्रदेश १ को तराइको तीन जिल्लामध्ये सबैभन्दा ठुलो सीमा नाका रहेको झापामा तस्करी धन्दा मौलाएको छ । १ सय ६३ किलोमिटर सीमा क्षेत्र रहेको झापामा प्रहरीले तस्करीको लाइन दिएको कारणले खुलेआम तस्करी हुने...

माओवादी कोशी प्रदेश संसदीय दलको बैठक सुरू, समर्थन फिर्ताको सक्भावना

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । आज सुरू भएको बैठकमा सरकारबारे छलफल हुने भएको हो । माओवादी कोशी प्रदेशका एक सांसदका अनुसार बैठकमा सरकार छाड्ने विषयमा छलफल...

आज केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, २१ भदौ-आज देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसाे प्रदेश- १,  बागमती र गण्डकी प्रदेशका केही स्थानमा...

प्रदेश १ मा थप ९ जनामा कोरोना पुष्टि

विराटनगर, जेठ ६–प्रदेश १ मा मंगलबार थप ९ जनामा कोरोना पुष्टि भएको छ । विराटनगरको प्रादेशिक प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा झापाको कचनकबल गाउँपालिकाका ९ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार सोही गाउँपालिकाका एक व्यक्तिमा...

जिप दुर्घटनामा मृतक सबैको पहिचान खुल्यो : मृत्यु हुनेको संख्या ८, घाइते ९ जना

विराटनगर । उदयपुरको बेलका नगरपालिका– ७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । मृतक र घाइते सबैको पहिचान खुलेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ...

‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर’ सुरू, १९ देशका खेलाडी सहभागी

पोखरा, फागुन ११–पोखरामा ‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर- २०२०’ तथा ‘१९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप’ आइतबारबाट सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा प्याङग्लाइडिङ संघ (नेफा) र नेपाल...

पत्रकार राईको रिहाइको माग राख्दै ज्ञापनपत्र

विराटनगर । उदयपुरका पत्रकार गजेन्द्र राईको तत्काल रिहाईको माग राख्दै नेपाल पत्रकार महासंघ मोरङ शाखासहित ६ वटा संस्थाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्