खोपका लागि विराटनगरका मेयर पराजुलीले गरे अन्तराष्ट्रिय समुदायसँग अपिल

 न्यूज विराट
खोपका लागि विराटनगरका मेयर पराजुलीले गरे अन्तराष्ट्रिय समुदायसँग अपिल

विराटनगर, ५ असार । संघीय सरकारले खोप दिन नसकेको भन्दै विराटनगर महानगरपालिकाले खोप सहयोग गरिदिनको लागि दातृ निकाय तथा विभिन्न भगिनी सहरहरुलाई अपिल गर्ने भएको छ ।

आज महानगरका मेयर भीम पराजुलीले विज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय संघसंस्था, महानगरलाई सहयोग गर्ने राष्ट्र तथा भगिनी सम्बन्ध कायम भएका र हुन लागेका सहरहरुसँग खोपको लागि आग्रह गरेको उल्लेख गरेका छन् ।

कोरोना भाइरसविरुद्धको खोपका लागि मेयर पराजुलीले विराटनगरलाई सहयोग गरिरहेका संस्था, देश तथा सहरहरुलाई आग्रह गरेका हुन् ।

विज्ञप्तीमा युएनडिपी, करुणा फाउन्डेसन नेपाल, युएसआईडी, जाइका लगायतका सस्था तथा चीनको वुहान सहर, उँहुलाई समेत खोपको लागि आग्रह गरिएको उल्लेख छ ।

मेयर पराजुलीले भारत, जर्मनी, कोरियाको सिनेट सचिवालयलाई समेत सहयोगको लागि अपिल गरेको बताए ।

महामारीको विकराल समस्या समाधान गर्न स्थानीय स्तरबाटै पहल थालेको भन्दै उनले खोप तथा स्वास्थ्य सामग्री सहयोगको लागि आग्रह गरेको बताए ।

सम्बन्धित समाचार

साविक विजेता आर्मी पायो एमएम कप क्रिकेटका २ सय ४० लक्ष्य

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा साकिक विजेता आर्मीले २ सय ४० रनको लक्ष्य पाएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको...

पर्यावरणको असन्तुलनले मानव स्वास्थ्यमा असरः मन्त्री मगर

विराटनगर, २८ असार । प्रदेश नं १ का कृषि मन्त्री झलकबहादुर मगरले पर्यावरण असन्तुलनले मानव स्वास्थ्यमा धेरै असर परिरहेको बताउनुभएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयद्वारा आज यहाँ आयोजित एक स्वास्थ्य रणनीति कार्यान्वयनका लागि...

प्रदेश १ को दशौं तथा बजेट अधिवेशन आजदेखि सुरु

विराटनगर, १६ जेठ । प्रदेश १ प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ । सोमबार ११ बजेपछि सुरु भएको बैठकमा प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशन आव्हान सम्बन्धी पत्र सभामुख प्रदिपकुमार भण्डारीले पढेर सुनाएका...

उच्च सतर्कताका साथ विराटनगरबाट हवाई उडान सुरु, पहिलो दिन ६ उडान

विराटनगर, ५ असोज–कोरोना भाइरस महामारी नियन्त्रण गर्न गरिएको लकडाउनपछि गत चैत ११ गतेबाट बन्द हवाइसेवा सोमबारबाट सुरु भएको छ । लामो समयको बन्दपछि सोमबारदेखि सुरु भएको हवाइसेवामा पहिलो दिननै विराटनगर विमानस्थलबाट ६ उडान भएका छन्...

कोरोनाबाट विश्वमा ३ लाख बढीको मृत्यु, ४४ लाख संक्रमित

एजेन्सी, जेठ २-कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा मृत्यु हुने व्यक्तिको संख्या ३ लाख नाघेको छ । विश्वभरमा ४४ लाख २० हजार व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका जोन हप्किन्स् न्युनिभर्सिटीले जनाएको छ । विश्वमा...

ज्ञानेन्द्र शाह झापामा, भोलि शक्ति प्रदर्शन गर्ने

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले...

आईपिएलः मुम्बईलाई हराउँदै चेन्नाइ शीर्ष स्थानमा

एजेन्सी, ४ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा चेन्नाइ सुपर किंग्सले विजयी सुरुआत गरेको छ । आइतबार भएको खेलमा चेन्नाइले मुम्मबइ इन्डियन्सलाई २० रनले पराजित गरेको हो । जितपछि ८ खेलबाट दिल्ली क्यापिटल्स...

४ स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि कोशी अस्पतालको ओपिडी सेवा बन्द

विराटनगर, साउन १४–चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि विराटनगर स्थित कोसी अस्पतालको ओपीडी सेवा बिहीबारबाट बन्द गरिएको छ । ओपिडीका इञ्चार्जसहित चार जनामा कोरोना पुष्टि भएपछि अस्पतालले सूचना जारी गर्दै सेवा बन्दको जानकारी दिएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्