
रोजगारी सिर्जना र उत्पादनमा वृद्धि गरी आर्थिक क्षेत्र सबल र शक्तिशाली बनाउनु अहिलेको साझा विषय भएको उल्लेख गर्दै उनले भने, ‘आर्थिक क्षेत्रमा गर्ने उपलब्धिको जगमा विगतमा प्राप्त गरेका राजनीतिक उपलब्धिको भविष्य निर्भर छ । त्यो मैले महसुस गरेको छु । त्योसँगै उत्पादन वृद्धि, रोजगारी सिर्जना, सबल र शक्तिशाली अर्थतन्त्रको निर्माण अहिलेको साझा राष्ट्रिय सरोकारको विषय हो ।’ सरकार र निजी क्षेत्र एउटै डुंगाका यात्री हुन भन्ने मान्यताका साथ अगाडि बढ्ने प्रतिबद्धता पनि उनले जनाए ।