विराटनगरको नोबेल अस्पतालले भन्यो-सवै सेवा खुला छ, भ्रममा नपर्नुहोस्

 न्यूज विराट
विराटनगरको नोबेल अस्पतालले भन्यो-सवै सेवा खुला छ, भ्रममा नपर्नुहोस्

विराटनगर, २ फागुन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले अस्पतालका कुनैपनि सेवा अवरुद्ध नरहेको जनाएको छ । अस्पताल प्रशासनले सूचना जारी गरेर अस्पतालका सम्पूर्ण सेवा सूचारु रहेको जानकारी दिएको हो ।

अस्पतालका सेवाहरु सूचारु भए÷नभएको विषयमा विरामीहरुले टेलिफोनबाट सोधपुछ गर्ने क्रम बढेको भन्दै अस्पताल प्रशासनले यो विषयमा सूचना जारी गरेको हो ।

‘केही दिनदेखि अस्पताल सेवा बन्द रहेको भनी जनमानसमा भ्रम फैलिएको र धेरै विरामीहरुले अस्पतालमा फोन सम्पर्क गरी सोधखोज गरिरहनु भएको छ,’ अस्पतालले जारी गरेको सूचनामा भनिएको छ,‘नोबेलको ओपीडी, इमरजेन्सी, भर्ना, अप्रेशन लगायत सम्पूर्ण सेवा सूचारु रहेको जानकारी गराइन्छ ।’

नोबेल, निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठूलो अस्पताल हो । नोबेलमा पूर्वी नेपालका विभिन्न जिल्लासहित छिमेकी मूलुकबाट पनि दैनिक करिब तीन हजार विरामी उपचारका लागि आउँने गरेका छन् । सर्वसुलभ मूल्यमा भरपर्दो उपचारका लागि नोबेल विरामीहरुको रोजाइमा पर्ने गरेको छ ।

अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापनका कारण नोबेलले जटिल एवं दुर्लभ अप्रेशन पनि सफलतापूर्वक गर्दै आएको छ ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College