
थप १२ हजार ८ जनामा कोरोना पुष्टि, आठ जनाको मृत्यु
काठमाडौं, ११ माघ । नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनाको नमूना परीक्षण गर्दा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...
विराटनगर । विराटनगर ३ स्थित पोखरीया माविले नयाँ विद्यार्थी भर्नाको लागि सोमबार प्रवेश परीक्षा लिएको छ । कक्षा १ देखि ९ सम्म ६४५ जना विद्यार्थीको कोठामा २ हजार ४३१ जना विद्यार्थीहरुले आवेदन दिएका छन् ।
सोमबार ६ देखि ९ कक्षासम्म भर्ना लिन प्रवेश परीक्षा लिएको विद्यालयका प्रधानध्यापक खेमराज भट्टराईले जानकारी दिए । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती शिक्षक शिक्षिकाहरुका कारण पोखरीयामा विद्यालयमा छोराछोरी पढाउने धेरै अभिभावक लालायित हुने गरेका छन् । निजी छाडेर स्वतः स्फूर्त भर्ना हुन आएका विद्यार्थीर्को भीड थेग्न सकस परेको छ ।
अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि विद्यार्थीको चाप बढी भएपछि प्रवेश परीक्षा लिएर नाम निकाल्ने विद्यार्थीको मात्र भर्ना गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक भट्टराईले बताए । ‘यहाँ पढ्न चाहनेजति सबैलाई भर्ना गर्न सक्ने स्थिति नै हुँदैन, विद्यार्थीको चापका कारण प्रवेश परीक्षा लिएर त्यसको रिजल्टका आधारमा मात्रै भर्ना लिन थालेका हौंं,’ प्रअ भट्टराईले भने, ‘प्रवेश परीक्षा उत्तीर्ण गर्न नसक्नेलाई जो कसैले भनसुन गरे पनि भर्ना लिन्नौं ।’
अंग्रेजी माध्यमबाट पढाइ गर्दै उत्कृष्ट नतिजा दिँदै आएको यो विद्यालयले भर्ना लिन एक सय पूर्णांकको प्रवेश परीक्षा नै लिएको छ । विद्यालयले नयाँ शैक्षिक सत्रका लागि कक्षा १ देखि कक्षा ९ सम्म ६४५ जना विद्यार्थी भर्ना लिने तयारी गरेको छ । त्यसका लागि निजी विद्यालय छाडेर आएका २ हजार ४३१ जना बालबालिकाले छनोटमा पर्नलाई परीक्षा दिनेछन् ।
प्रवेश परीक्षा दिने सबैलाई विद्यालयको भौतिक पूर्वाधार र जनशक्तिका आधारमा भर्ना लिन सम्भव छैन । विद्यालय प्रशासनका अनुसार आवश्यकताअनुसार प्रवेश परीक्षा उत्तीर्ण नभएका विद्यार्थीको भर्नाका लागि मन्त्री, दलका नेता र जनप्रतिनिधिको दबाब थेगी नसक्नु हुन्छ । त्यसैले रिजल्ट टाँसेर एक सातासम्म शिक्षकहरू मोबाइल स्विच अफ गरेर बस्न बाध्य हुन्छन्छन् ।
प्राचार्य भट्टराईका अनुसार ६ कक्षामा १२२ नयाँ विद्यार्थी भर्ना कोटामा ४१९ जनाले प्रवेश परीक्षा दिएका छन् । यसैगरी कक्षा ७ मा ६४ कोटामा ४७६ जना, कक्षा ८ मा १५० कोटामा ५३६ र कक्षा ९ मा ६५ कोटामा ३७४ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । कक्षा नौमा प्राविधितर्फ ४८ जना कोठामा ९१ ज्नाले प्रवेश परीक्षा दिने उनले बताए ।
मंगलबार १, २, ३, ४, ५ र प्राविधिक विषयको लागि कक्षा ९ मा नयाँ भर्ना हुने विद्यार्थीको लागि प्रवेश परीक्षा तोकिएको विद्यालयले जनाएको छ ।
सोमबार कक्षा ६ देखि कक्षा ९ सम्म भर्ना हुन प्रवेश परीक्षा दिन आएका सबै निजीका विद्यार्थी हुन् । प्राचार्य भट्टराईका अनुसार यो विद्यालयले अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि मोरङ, सुनसरी, झापा, सप्तरी, सिराह, जनकपुर, धनकुटा, संखुवासभा, भोजपुर र तेह्रथुमका निजी विद्यालय छाडेर विद्यार्थी आउन थालेका छन् ।
विद्यालयका शिक्षक महेश गौतमका अनुसार विद्यालयको व्यवस्थापन पक्ष सुधार गर्दै शिक्षण सिकाइमा प्रविधि स्मार्ट बोर्डबाट अध्यापन, आईटीको प्रयोग, शिक्षकलाई सूचनामैत्री वातावरण र प्रिमन्टेश्वरी सेवा थप गरिएको छ । यो विद्यालयमा नर्सरी, केजी र कक्षा १ सम्म स्मार्ट टीभीमार्फत र त्यसमाथिका कक्षाका लागि स्मार्ट बोर्डमार्फत अध्यापन गराइन्छ । यो विद्यालयमा आफ्ना बालबालिका पढाउनेप्रति अभिभावकले कक्षा ९ र १० का लागि वार्षिक १४ हजार र कक्षा ६ देखि ८ सम्मकाले वार्षिक १२ हजार शैक्षिक सहयोग शुल्क तिर्दै आएका छन् ।
काठमाडौं, ११ माघ । नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनाको नमूना परीक्षण गर्दा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...
विराटनगर । मोरङको रतुवामाई नगरपालिकाले वितरण गर्नका लागि खरिद गरेको खानेपानी बायोस्यान्ड फिल्टरमा नीतिगत भ्रष्टचार भएको भन्दै छानविन गर्न माग गरेको छ ।नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) रतुवामाइ नगर समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै...
काठमाडाैं, २८ जेठ-मन्त्रिपरिषदको बैठकमा लकडाउनको मोडालिटीबारे निर्णय हुने भएको छ । प्रधानमन्त्री ओलीले संसदमा बोल्दै लकडाउनको मोडालिटी परिवर्तन हुने बताएका छन् । प्रधानमन्त्रीले बुधबार संसदमा लकडाउनको मोडालिटी आजै परिवर्तन हुने बताएका छन् । उनले भनेका...
काठमाडौं, ११ असार-सरकारले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली उद्दार गर्ने नीति लिएसँगै अन्तर्राष्ट्रिय उडानहरु बढ्न थालेका छन् । नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार १२ अन्तर्राष्ट्रिय उडान भएका छन् ।...
विराटनगर, १ जेठ । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट एक जना विद्युत इन्जीनियरको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरण अन्तरगतको प्रणाली सुदृढीकरण आयोजना विराटनगरमा कार्यरत ४५ वर्षीय इन्जीनियर मोतिलाल मण्डलको कोरोना संक्रमणबाट मृत्यु भएको हो...
दाङ, मंसिर ६–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले कार्यकर्ता माझ पुगेपछि भने आफु कुनै गुटमा नरहेको स्पष्टिकरण दिएका छन् । सचिवालय बैठकमा दोस्रो वरियताका अध्यक्षको पक्षमा लागेको भनिएका उपाध्यक्ष गौतमले आफू पार्टीको कुनै गुटमा...
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सु चीको पार्टी खारेज हुने सम्भावना देखिएको छ । सु चीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो । गत वर्ष भएको...
विराटनगर । विराटनगरमा रहेको ग्रेडेड बोर्डिङ स्कुलले ३० औं वार्षिकोत्सव मनाएको छ । स्कुल परिसरमा शनिबार विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय समिति मोरङका...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.